चीनको सांघाईमा फेरी लकडाउन, १३ लाख मानिसको कोरोना परीक्षण गराउन निर्देशन


प्रकाशित मिति : कार्तिक ११, २०७९ शुक्रबार

कोरोना भाइरसले फेरि चीनमा आफ्नो खुट्टा फैलाउन थालेको छ । चीनमा लाखौं मानिसलाई कोरोना लागेको छ । यससँगै पछिल्लो २ वर्षमा कोरोनाका कारण लाखौंले ज्यान गुमाएका छन् । अहिले चीनको सबैभन्दा ठूलो सहर सांघाईमा फेरि कोरोनाले दस्तक दिएको छ ।

कोरोनाका केही घटना मात्र देखिएपछि चीन अहिले त्रसित बनेको छ र सांघाईमा लकडाउनको घोषणा गरेको छ ।

सांघाईको याङ्पु जिल्लामा भेटिएको कोरोनाका नयाँ घटनाबाट त्रसित बनेको चिनियाँ प्रशासनले त्यहाँका १३ लाख मानिसको सामूहिक कोरोना परीक्षण गराउन निर्देशन दिएको छ । यससँगै प्रशासनले कोरोना परीक्षणको नतिजा नआएसम्म घरमै कैद बस्नुपर्ने भन्दै कडा आदेश जारी गरेको छ ।

कोरोनाको बढ्दो घटनाका कारण चीनमा विगतमा धेरै पटक लकडाउन गरिएको छ । जसका कारण लाखौं मानिसले दुई महिनासम्म लकडाउनको सामना गर्नुपरेको थियो । लकडाउनका कारण स्थानीय अर्थतन्त्रमा पनि ठूलो असर परेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com