इरानी राष्ट्रपति भन्छन्, ‘पश्चिम एसियामा अमेरिका र नेटोको उपस्थिति भनेकै “विनाश, कब्जा र नरसंहार” हो’


प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार

इरानी राष्ट्रपति इब्राहिम राईसीले (पश्चिम एसिया) क्षेत्रमा संयुक्त राज्य अमेरिका र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को उपस्थितिको नतिजाको रूपमा “विनाश, कब्जा र नरसंहार” भएको बताएका छन् । राष्ट्रपतिको कार्यालयको वेबसाइटमा शुक्रबार सो कुरा उल्लेख गरिएको छ ।

बिहीबार न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँगको राष्ट्र सङ्घको ७७औँ महासभाको बैठकको अवसरमा भएको भेटमा राईसीले सो कुरा बताएका हुन् ।

इरानले ठूलो सङ्ख्यामा अफगान शरणार्थी लिएको छ र आतङ्कवादको विरुद्ध गम्भीर रूपमा लडेको छ । आतङ्कवाद यस क्षेत्र र सम्पूर्ण विश्वका लागि ठूलो खतरा हो उनले भने । उनले यस क्षेत्रमा जारी सङ्कटको समाधान विदेशी हस्तक्षेप विना राष्ट्रिय सहमतिमा गर्नुपर्नेमा जोड दिएका छन्।

उनले संयुक्त राष्ट्र संघलाई केही राज्यहरूको एकपक्षीय दृष्टिकोण र नीतिहरूको सामना गर्न थप “गम्भीर भूमिका” खेल्न समेत आग्रह गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रका समस्या समाधान गर्न र आन्तरिक मामिलामा विदेशी शक्तिको हस्तक्षेप रोक्न राष्ट्रसङ्घको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै राईसीले संयुक्त राष्ट्रसङ्घ ठूला शक्तिका लागि मात्रै नभई सबै राष्ट्रका लागि साँच्चैको अभिभावक संस्था हुनुपर्नेमा जोड दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com