अमेरिकामा १२ देखि १५ बर्षसम्मका बालबालिकाहरुका लागि पनि फाइजरको बुस्टर डोज स्वीकृत


प्रकाशित मिति : पुस १९, २०७८ सोमबार

अमेरिकामा औषधी नियामक एजेन्सी एफडीएले १२ देखि १५ बर्षसम्मका बालबालिकाहरुका लागि कोरोनाबिरुद्धको खोप फाइजरको बुस्टर शट पनि स्वीकृत गरेको छ । बुस्टर शटका लागि कोरोनाबिरुद्धको फाइजर खोपको दोश्रो डोज लगाएको ६ महिनापछि योग्य हुने प्रावधानलाई परिमार्जन गरेर ५ महिनापछि नै योग्य हुने बनाइएको छ ।

त्यस्तै एफडीएले प्रतिरोध क्षमता कमजोर भएका ५ बर्षदेखि ११ बर्ष उमेर समुहका बालबालिकाहरुका लागि पनि फाइजरको तेश्रो डोज स्वीकृत गरेको छ । विद्यालयमा कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दो रहेको अवस्थामा एफडीएको पछिल्लो निर्णय आएको हो ।

कोरोना संक्रमणका कारण कर्मचारीहरु क्वारेन्टीनमा बस्नु परेपछि सोमबार कतिपय व्यवसाय र विद्यालयहरु बन्द गरिएका छन् । एफडीएका अधिकारी पिटर माक्र्सले भ्याक्सिनको बुस्टर डोजले कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टबिरुद्ध राम्रो संरक्षण प्रदान गर्न सक्षम हुने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाको सरकारले बुस्टर डोज नलगाएका अमेरिकनहरुलाई बुस्टर डोज लगाउन प्रोत्साहित गरेको छ । न्युयोर्क सिटीले बुस्टर डोज लगाउनेहरुलाई एकसय डलर नगद प्रदान गर्ने कार्यक्रमको समेत घोषणा गरेको थियो । अन्य सिटी र राज्यहरुले पनि यस्ता कार्यक्रमहरुको घोषणा गरेका छन् ।

अमेरिकामा कोरोना संक्रमण एकसातामा दोब्बर भएको छ भने औषत दैनिक संक्रमण दर ४ लाख १८ हजार पुगेको छ । अहिलेसम्म अमेरिकामा जम्मा ६२ प्रतिशतले कोरोनाबिरुद्धको भ्याक्सिनको पूर्ण डोज लगाएका छन् भने त्यसमध्ये एकतिहाईले बुस्टर डोज लगाएका छन् ।

फाइजर र मोडेर्नाजस्ता एमआरएनए भ्याक्सिन लगाएकाहरुमा गरिएको अध्ययन अनुशार दुई डोज लगाएकाहरुमा कोरोनाको ओमिक्रोनबिरुद्ध ३५ प्रतिशत र बुस्टर डोज पनि लगाएकाहरुमा ७५ प्रतिशत प्रभावकारिता देखिएको छ । धेरै बालबालिकाहरुले भ्याक्सिन लगाइसकेपछि एफडीएले ५ देखि ११ बर्षसम्मका बालकालिकाहरुलाई पनि बुस्टर डोजबारे निर्णय गर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com