अमेरिकामा आएको शक्तिशाली आँधीमापरि मृत्यु हुनेको संख्या १०० ‘नाघ्न सक्ने’


प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार

अमेरिकाको केन्टकी राज्यसहित ६ वटा राज्यमा आएको शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या १०० भन्दा बढी पुग्न सक्ने कन्टकीका गभर्नर एन्डी बिशिअरले बताएका छन्। आँधीबाट प्रभावितमध्ये दर्जनौंको उद्धार गरिएको जनाइएको छ ।

आँधीबेहरीपछि संकटकालको घोषणा गरिएको छ । राष्ट्रपति जो बाइडेनले केन्टकीमा संघीय संकटकाल स्वीकृत गरेका छन् । यस अगाडि केन्टकीका गभर्नरले राज्य संकटकालको घोषणा गरेका थिए । राज्य संकटकाल घोषणापछि गभर्नरले संघीय संकटकाल घोषणाका लागि ह्वाइट हाउस समक्ष अनुरोध गरेका थिए ।

आँधीबेहरीबाट टेनेसीमा १ लाख ३२ हजार भन्दा धेरै घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । त्यस्तै केन्टकीमा ६० हजार, अर्कान्सासमा २५ हजारभन्दा धेरै, इलिनोयमा २४ हजार भन्दा धेरै र मिजौरीमा १० हजारभन्दा धेरै घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । शनिबार विहानसम्म ३ लाख घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको जनाइएको छ ।

७० भन्दा बढीको ज्यान जाने गरी आएको आँधीबेहरीपछि केन्टकीमा संकटकाल, बेलुका ७ बजेपछि कर्फ्यु

७० भन्दा बढीको ज्यान जाने गरी आएको आँधीबेहरीपछि केन्टकीमा संकटकाल, बेलुका ७ बजेपछि कर्फ्यु

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com