७० भन्दा बढीको ज्यान जाने गरी आएको आँधीबेहरीपछि केन्टकीमा संकटकाल, बेलुका ७ बजेपछि कर्फ्यु


प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार

केन्टकीमा ७० भन्दा बढीको ज्यान जाने गरी आएको आँधीबेहरीपछि संकटकालको घोषणा गरिएको छ । राष्ट्रपति जो बाइडेनले केन्टकीमा संघीय संकटकाल स्वीकृत गरेका छन् । यस अगाडि केन्टकीका गभर्नरले राज्य संकटकालको घोषणा गरेका थिए । राज्य संकटकाल घोषणापछि गभर्नरले संघीय संकटकाल घोषणाका लागि ह्वाइट हाउस समक्ष अनुरोध गरेका थिए ।

आँधीबेहरीबाट सबैभन्दा प्रभावित मेफिल्ड सिटीमा आज बेलुका ७ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । आपतकालिन सहायताकर्मीहरुबाहेक अरुलाई बेलुका ७ बजेदेखि बाहिर ननिस्कन भनिएको छ । केन्टकीका गभर्नर एन्डी बेशियरले यस्तो विनाश जीवनमै पहिलोपटक देखेको बताएका छन् ।

राष्ट्रपति जो बाइडेनले यो आँधीबेहरीलाई अमेरिकी इतिहासकै ठूलोमध्येको एक बताएका छन् । कतिजनाको ज्यान गयो भन्ने यकिन विवरण अहिलेसम्म नआएको भन्दै बाइडेनले यसलाई अत्यन्तै दुखद भएको बताएका छन् । संघीय सरकारले सहायताका लागि सबै चिज गर्ने उनले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गभर्नर एन्डी बेशियरले आँधीबेहरीबाट ज्यान गुमाउनेको संख्या एकसय नाघ्ने अनुमान गरेका छन् । शुक्रबार राती दक्षिणपश्चिम केन्टकीका कैयन भाग आँधीबेहरीको चपेटमा परेका थिए । केन्टकीको इतिहासमा नै सबैभन्दा खराब आँधीबेहरी भएको गभर्नरको भनाई छ । राज्यका कम्तीमा १५ काउन्टीहरुबाट क्षतिका विवरणहरु आएका छन् ।

आँधिबेहरी आउँदा मेफिल्ड सिटीमा एउटा मैनबत्ति उद्योगमा झण्डै ११० जनाले काम गरिरहेको र उनीहरुमध्ये दर्जनौंले ज्यान गुमाएको जनाइएको छ । यो सिटीमा झण्डै १० हजार जनाको बसोबास रहेको छ ।

अर्कान्सास र इलिनोयमा पनि आँधिबेहरीका कारण कैयनको ज्यान गएको छ । पाँचवटा राज्यहरु अर्कान्सास, इलिनोय, केन्टकी, मिजौरी र टेनेसीमा कम्तीमा २४ वटा आँधीबेहरी रिपोर्ट गरिएको छ । सप्ताहन्तमा मौषम अझ खराब बन्दै जाने मौषमविदहरुले चेतावनी दिएका छन् ।

उत्तरपूर्वी अर्कान्सासमा कम्तीमा एकजनाको मृत्यु भएको छ भने कम्तीमा २० जना घाइते भएका छन् । त्यस्तै लेचभिलमा अर्को एकजनाको मृत्यु भएको छ । इलिनोयमा अमेजनको वायरहाउसमा क्षति पुग्दा कम्तीमा २ जनाले ज्यान गुमाएको जनाइएको छ ।

आँधीबेहरीबाट टेनेसीमा १ लाख ३२ हजार भन्दा धेरै घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । त्यस्तै केन्टकीमा ६० हजार, अर्कान्सासमा २५ हजारभन्दा धेरै, इलिनोयमा २४ हजार भन्दा धेरै र मिजौरीमा १० हजारभन्दा धेरै घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । शनिबार विहानसम्म ३ लाख घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com