कोरोनाबिरुद्धको भ्याक्सिन लगाएपछि साइड इफेक्ट नदेखिएपनि भ्याक्सिनले काम गर्छ ?


प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार

कोरोनाबिरुद्धको भ्याक्सिन लगाएपछि साइड इफेक्ट नदेखिएपनि कतिपय व्यक्ति भ्याक्सिनले आफूमा काम नगरेको हो कि भनेर चिन्तित हुने गरेका छन् । कुनै पनि भ्याक्सिन लगाएपछि साइड इफेक्ट नदेखिएका कारण चिन्ता व्यक्त गरिएको सम्भवत यो नै पहिलो पटक हो । तर कोरोनाबिरुद्धको भ्याक्सिन लगाएपछि वा बुस्टर डोज लगाएपछि साइड इफेक्ट देखिएन भने पनि चिन्ता गर्नुपर्दैन ।

साइड इफेक्ट देखिएपनि नदेखिएपनि भ्याक्सिनले काम गर्ने विज्ञहरुको निष्कर्ष रहेको छ । फिलाडेल्फियाका डाक्टर पाउल अफिटले भ्याक्सिन लगाएपछि साइड इफेक्ट नदेखिएपछि भ्याक्सिन लगाएकाहरुले गुनासो गरेको यो नै पहिलोपटक भएको बताउँछन् । त्यस्तै स्टान्फोर्ड युनिभर्सिटीका डाक्टर अबरार करेनले भ्याक्सिन लगाएपछि कुनै साइड इफेक्ट नदेखिएकाहरुले आफूलाई भाग्यमानी ठान्नुपर्ने बताएका छन् ।

त्यस्तै भर्जिनिया टेकमा सरुवा रोग विशेषज्ञ प्रोफेसर शार्लोट बेकरले यदि भ्याक्सिन लगाएपछि कसैमा साइड इफेक्ट देखिएमा भ्याक्सिनले काम गरेकोबारे भ्याक्सिन लगाएकाहरुले थाहा पाउने तर साइड इफेक्ट नदेखिदैमा भ्याक्सिनले काम नगरेको भन्न नसकिने बरु भ्याक्सिन लगाएका व्यक्तिको शरीरले बाहिरी रुपमा कुनै प्रतिकृया नजनाएकाले त्यस्तो हुने बताएका छन् ।

भ्याक्सिनले फरक फरक तरिकाले संरक्षण प्रदान गर्ने विज्ञहरुको भनाई छ । इम्युन सेलहरुमा निश्चित रिसेप्टेरमा ट्रिगर गर्दा थकान अनुभव हुने, टाउको दुख्ने र अन्य साधारण साइड इफेक्टहरु देखिने जनाइएको छ । त्यस्ता रिसेप्टरहरुले बढी उमेर समुहका व्यक्तिमा काम नगर्ने भएकाले साइड इफेक्ट पनि कम हुने जनाइएको छ । तर उनीहरुको इम्युन प्रणालीले फरक तरिकाले काम गर्ने भएकाले भ्याक्सिनको प्रभावकारिता रहने जनाइएको छ ।

बुस्टर डोज लगाउने क्रममा पनि कतिपयमा साइड इफेक्ट देखिने र कतिपयमा नदेखिने गरेको छ । फाइजरको तथ्यांक अनुशार फाइजरको दोश्रो डोज लगाउँदा ६१ द्यशमलव ५ प्रतिशतमा थकान, ५४ प्रतिशतमा टाउको दुख्ने र ३९ दशमलव ३ प्रतिशतमा मांशपेशी दुख्ने साइड इफेक्ट देखिएको थियो । त्यस्तै बुस्टर डोज लगाउँदा ६३ दशमलव ७ प्रतिशतमा थकान, ४८ दशमलव ४ प्रतिशतमा टाउको दुख्ने र ३९ दशमलव १ प्रतिशतमा मांशपेशी दुख्ने समस्या देखिएको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com