धितो दिने अमेरिकी कम्पनीका सीइओले जुम मिटिङमार्फत एकैपटक हटाए ९०० कर्मचारी,उनको निर्णय क्रुर र स्वचेछाचारी भएको धेरैको टिप्पणी


प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार

धितो उपलब्ध गराउने एक अमेरिकी कम्पनी बेटर डटकमका सीइओ विशाल गर्गले जुम मिटिङबाटै ९०० कर्मचारी पदमुक्त गरेका छन् । यसरी एकैपटक, त्यो पनि जुम मिटिङबाट ९०० कर्मचारीलाई पदमुक्त गर्ने मालिक भारतीय मूलका एक अमेरिकी हुन । उनले गरेको यो निर्णयलाई धेरैले क्रुर र स्वचेछाचारी भनेका छन् ।

कर्मचारीको कार्यसम्पादन चित्तबुझ्दो नभएको र बजारमा देखिएको परिवर्तनका कारण आफू कठोर निर्णयमा पुगेको गर्गले बताएका छन् । कर्मचारीले दिनमा दुई घण्टा काम गरेर आठ घण्टाभन्दा बढी काम गरेको दाबी गरेपनि अनुत्पादक बनेको उनले बताएका छन् ।
उनले आफ्नो निर्णयबाट आफु पनि दुखी भएको बताएका छन् ।

‘पछिल्लो समय मैले यस्तो गर्दा म रोएको थिएँ,’ जुम मिटिङमा गर्गले भनेका छन् । गर्गले कर्मचारी बरखास्त गरेको फर्चुन म्यागेजिनले पुष्टि गरेको छ । यसअघि बेटर डटकमले ७५ करोड अमेरिकी डलर मुनाफा गरेको विवरण सार्वजनिक भएको थियो । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com