अमेरिकी विदेश मन्त्रालयको फोन इजरायली कम्पनीले बनाएको स्पाइवेयरबाट ह्याक


प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार

अमेरिकी विदेशमन्त्रालयका कर्मचारीहरुका कम्तीमा ९ वटा आईफोनहरु इजरायली कम्पनीले विकाश गरेको स्पाइवेयरबाट ह्याक गरिएको छ । अमेरिकी विदेश मन्त्रालयका युगाण्डा र पूर्वी अफ्रिकन देशमा कार्यरत कर्मचारीका फोनहरु ह्याक भएको जनाइएको छ ।

विगतमा पनि केही अमेरिकी उच्च अधिकारीहरुका फोनहरु ह्याक गर्ने प्रयास भएका थिए । तर ती प्रयासहरु सफल भए नभएकोबारे भने स्पष्ट छैन । पछिल्लो साइबर आक्रमण कस्ले गरेको हो भन्ने पनि निर्धारण भइसकेको छैन ।

इजरायली कम्पनी एनएसओ ग्रपले विकाश गरेको स्पाइवेयरबाट फोनहरु ह्याक भएपनि एनएसओ ग्रुपले भने आफूले विकाश गरेको टुलबाट फोन ह्याक भएको आफूहरुलाई कुनै जानकारी नभएको जनाएको छ । तर कम्पनीले सम्भावित केही ग्राहकहरुको पहुच रद्द गरेर अनुसन्धान गर्ने जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि आफूहरुले विकाश गरेको टुलबाट अमेरिकी विदेश मन्त्रालयका कर्मचारीहरुको फोन ह्याक भएको पुष्टी भएको खण्डमा त्यस्ता ग्राहकलाई स्थायी रुपमा खारेज गरेर कानूनी कारवाही चाल्ने इजरायली कम्पनी एनएसओले जनाएको छ । कम्पनीले सम्बन्धि सरकारी अधिकारीसँग पूर्णरुपमा समन्वय गर्ने समेत बताएको छ ।

एनएसओले आफ्ना उत्पादनहरु सरकारी कानून कार्यान्वयन निकायहरु र खुफिया ग्राहकहरुलाईमात्र बेच्दै आएको बताएको छ । उनीहरुलाई सुरक्षा खतराको अनुगमनका लागि यस्ता प्रविधिहरु बेच्दै आएको र आफै प्रत्यक्ष निगरानी र अनुगमनमा सहभागी नहुने कम्पनीको भनाई छ । घटनाबारे युगाण्डामा रहेका अमेरिकी विदेशमन्त्रालयका अधिकारीहरुले केही बताएका छैनन् । त्यस्तै एप्पलले पनि केही भनेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com