न्युयोर्क सहित अमेरिकाका ५ राज्यमा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टी, लकडाउन भने नगरिने
प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार
कोरोनाभाइरसको नयाँ भेरिएन्टको रूपमा देखिएको ओमिक्रोन अमेरिकाको पाँच राज्यमा भेटिएको छ । क्यालिफोर्नियापछि मिनेसोटा र कोरोराडो हुँदै हवाई र नयुयोर्कमा पनि ओमिक्रोन भेरियन्ट पुष्टी भएको हो ।
न्युयोर्कमा ५ जनामा ओमिक्रोन पुष्टी भएको छ । लङ आइल्याण्डमा एकजनामा र न्युयोर्क सिटीभित्रका क्वीन्समा २ जनामा , ब्रुकलिनमा १ जनामा र म्यानहटनमा १ जनामा ओमिक्रोन पुष्टी भएको छ ।
न्युयोर्कमा ५ जनामा ओमिक्रोन पुष्टी भएको छ । लङ आएइल्याण्डमा एकजनामा र न्युयोर्क सिटीभित्रका क्वीन्समा २ जनामा , ब्रुकलिनमा १ जनामा र म्यानहटनमा १ जनामा ओमिक्रोन पुष्टी भएको छ । कोरोराडो र मिनेसोटामा ओमिक्रोन पुष्टी भएको केही घण्टापछि न्युयोर्कमा पुष्टी भएको गभर्नरले बताइन् । तर उनले ओमिक्रोनका कारण लकडाउन र शटडाउन भने नगरिने बताएकी छिन् ।
न्युयोर्कमा ओमिक्रोन पुष्टी भएको बताइए लगत्तै हवाईको ओहु आइल्याण्डमा पनि ओमिक्रोन पुष्टी भएको घोषणा गरिएको छ ।
बिहिबार मिनेसोटा र कोलोराडोका स्वास्थ्य अधिकारीहरुले एकएकजनामा ओमिक्रोन पुष्टी भएको बताएका थिए । अत्यन्तै संक्रामक र धेरै उत्परिवर्तन भइरहेको यो भेरियन्ट पुष्टी भएका तीनैजनाको अवस्था सामान्य रहेको र निको हुदै गएको जनाइएको छ । उनीहरुमा सामान्य प्रकारको मात्र लक्षण देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
मिनेसोटामा ओमिक्रोन भेरियन्ट पुष्टी भएका व्यक्तिले ६ महिना अगाडि नै भ्याक्सिनको पूर्ण डोज लगाएका थिए भने नोभेम्बरमा बुस्टर डोज समेत लगाएका थिए । उनलाई नोभेम्बर २२ मा सामान्य लक्षण देखिएको थियो । उनले नोभेम्बर १९ देखि २१ सम्म न्युयोर्कको जाभिट सेन्टरमा आयोजित एउटा सम्मेलनमा समेत भाग लिएका थिए ।

मिनेसोटाका स्वास्थ्य अधिकारीहरुले ओमिक्रोन पुष्टी भएका ती व्यक्ति न्युयोर्कको कसकसको संसर्गमा थिए भन्ने पत्ता लगाउनका लागि न्युयोर्कका अधिकारीहरुसँग काम गरिरहेका छन् । मिनेसोटाका व्यक्तिले न्युयोर्कमा भएको सम्मेलनमा भाग लिएकाले न्युयोर्कमा यो भेरियन्ट पहिले देखि नै फैलिसकेको आशंका गरिएको छ ।
मिनेसोटामा ओमिक्रोन पुष्टी भएका व्यक्तिको नजिकका अर्का व्यक्तिमा पनि संक्रमण पुष्टी भएको छ । तर भेरियन्टबारे भने अनुसन्धान भइरहेको जनाइएको छ । उक्त व्यक्तिलाई आइसोलेसनमा राखिसकिएको जनाइएको छ ।
कोलोराडोमा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टी हुने महिलाले भने हालै दक्षिण अफ्रिकाको भ्रमण गरेको जनाइएको छ । उनले पनि पूर्णरुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाएको जनाइएको छ । तर उनले बुस्टर शट भने लगाएकी थिइनन् । उनलाई पनि सामान्य प्रकारको लक्षण देखिएको र घरमै आइसोलेसनमा बसेको जनाइएको छ ।
क्यालिफोर्नियामा पुष्टी हुनेले पनि हालै दक्षिण अफ्रिकाको भ्रमण गरेका थिए । ५० बर्षका ती व्यक्तिले नोेभेम्बर २८ मा परीक्षण गराएका थिए । उनले पनि कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिनको दुबै डोज लगाएका थिए । उनी बुस्टर डोजका लागि भने योग्य भइसकेका थिएनन् ।






