क्यालिफोर्नियापछि मिनेसोटा र कोलोराडोमा ओमिक्रोन, भ्याक्सिनको पूर्ण डोज लगाएका संक्रमित


प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार

२८ भन्दा बढी देशमा पुष्टी भइसकेको कोरोनोको ओमिक्रोन भेरियन्ट अमेरिकामा पनि फैलिदो पाइएको छ । क्यालिफोर्नियामा कोरोना सक्रमितमा ओमिक्रोन भेरियन्ट पुष्टी भएको पहिलो घटना लगत्तै मिनेसोटा र कोलोराडोमा पनि ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । अहिलेसम्म कुल तीन राज्यमा ओमिक्रोन पुष्टी भएको छ ।

बिहिबार मिनेसोटा र कोलोराडोका स्वास्थ्य अधिकारीहरुले एकएकजनामा ओमिक्रोन पुष्टी भएको बताएका हुन् । अत्यन्तै संक्रामक र धेरै उत्परिवर्तन भइरहेको यो भेरियन्ट पुष्टी भएका तीनैजनाको अवस्था सामान्य रहेको र निको हुदै गएको जनाइएको छ । उनीहरुमा सामान्य प्रकारको मात्र लक्षण देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

मिनेसोटामा ओमिक्रोन भेरियन्ट पुष्टी भएका व्यक्तिले ६ महिना अगाडि नै भ्याक्सिनको पूर्ण डोज लगाएका थिए भने नोभेम्बरमा बुस्टर डोज समेत लगाएका थिए । उनलाई नोभेम्बर २२ मा सामान्य लक्षण देखिएको थियो । उनले नोभेम्बर १९ देखि २१ सम्म न्युयोर्कको जाभिट सेन्टरमा आयोजित एउटा सम्मेलनमा समेत भाग लिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मिनेसोटाका स्वास्थ्य अधिकारीहरुले ओमिक्रोन पुष्टी भएका ती व्यक्ति न्युयोर्कको कसकसको संसर्गमा थिए भन्ने पत्ता लगाउनका लागि न्युयोर्कका अधिकारीहरुसँग काम गरिरहेका छन् । मिनेसोटाका व्यक्तिले न्युयोर्कमा भएको सम्मेलनमा भाग लिएकाले न्युयोर्कमा यो भेरियन्ट पहिले देखि नै फैलिसकेको आशंका गरिएको छ ।

मिनेसोटामा ओमिक्रोन पुष्टी भएका व्यक्तिको नजिकका अर्का व्यक्तिमा पनि संक्रमण पुष्टी भएको छ । तर भेरियन्टबारे भने अनुसन्धान भइरहेको जनाइएको छ । उक्त व्यक्तिलाई आइसोलेसनमा राखिसकिएको जनाइएको छ ।

कोलोराडोमा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टी हुने महिलाले भने हालै दक्षिण अफ्रिकाको भ्रमण गरेको जनाइएको छ । उनले पनि पूर्णरुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाएको जनाइएको छ । तर उनले बुस्टर शट भने लगाएकी थिइनन् । उनलाई पनि सामान्य प्रकारको लक्षण देखिएको र घरमै आइसोलेसनमा बसेको जनाइएको छ ।

क्यालिफोर्नियामा पुष्टी हुनेले पनि हालै दक्षिण अफ्रिकाको भ्रमण गरेका थिए । ५० बर्षका ती व्यक्तिले नोेभेम्बर २८ मा परीक्षण गराएका थिए । उनले पनि कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिनको दुबै डोज लगाएका थिए । उनी बुस्टर डोजका लागि भने योग्य भइसकेका थिएनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com