पाकिस्तानी विद्यार्थीलाई चीनले रोक लगायो, डिग्री गुम्ने चिन्तामा विद्यार्थी


प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार

चीनका विश्वविद्यालय एवं कलेजहरुमा अध्ययनरत पाकिस्तानी विद्यार्थीलाई चीन सरकारले रोक लगाएको छ। कोभिड-१९ महामारी फैलिएपछि पाकिस्तान पुगेका हजारौं विद्यार्थीलाई सरकारले चीन फर्किन रोक लगाएको हो।

करिब २८ हजार पाकिस्तानी विद्यार्थीहरु चीनका विभिन्न शैक्षिक संस्थाहरुमा भर्ना भएका छन्। महामारी सुरु भएपछि चीनले सन् २०२० मार्चमा ति विद्यार्थीलाई सात महिनाको लागि पाकिस्तान पठाएको थियो। सो समयमा पाकिस्तान पुगेका विद्यार्थीहरु दुई वर्ष वितिसक्दा पनि पाकिस्तानमै अड्केका छन्।

चीनले देशमा कोरोना संक्रमण फैलन नदिन अपनाएको शून्य कोभिड नीतिअनुसार करिब ११ हजार पाकिस्तानी विद्यार्थी चीन फर्किन नपाएको बताइएको छ। जसका कारण पाकिस्तानी विद्यार्थीहरु आफ्नो डिग्री गुम्नेमा चिन्तित बनेको अरब न्युजमा खबर छ।

चीनमा अध्ययनरत विद्यार्थीलाई चीन फर्काउन पाकिस्तानले निरन्तर प्रयास गरिरहेको बताइएको छ। यद्यपि, इस्लामावादस्थित चिनियाँ राजदूतावासले कोभिड चुनौतिका बीच आफूहरुले केही भन्न नमिल्ने प्रतिक्रिया दिएको बताइएको छ। इस्लामावाद 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com