अमेरिकामा पनि ओमिक्रोन भेरियन्ट पुष्टी, पहिलो संक्रमण क्यालिफोर्नियामा


प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार

अमेरिकामा पनि कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । क्यालिफोर्नियामा ओमिक्रोन भेरियन्टको पहिलो संक्रमण पुष्टी भएको हो ।

बुधबार अमेरिकाको सीडीसीले दक्षिण अफ्रिकाको भ्रमण गरेर फर्केका क्यालिफोर्निया निवासी व्यक्तिमा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टी भएको जनाएको छ । ती व्यक्तिले गत महिना दक्षिण अफ्रिकाको भ्रमण गरेका थिए ।

विश्वमा अहिलेसम्म झण्डै २ दर्जन देशहरुमा ओमिक्रोन भेरियन्ट पुष्टी भइसकेको छ । यो स्थीतिमा पनि अमेरिकामा पहिले नै ओमिक्रोन भेरियन्ट भित्रिएको आशंका गरिएको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरियन्टलाई भेरिअन्ट अफ कन्सर्न घोषणा गरेको छ र यसलाई ओमिक्रोन नाम दिएको छ। यो भेरियन्टको ठूलो सङ्ख्यामा उत्परिवर्तित भएको छ र प्रारम्भिक प्रमाण अनुसार यो भेरियन्टबाट सङ्क्रमणको जोखिम उच्च रहेको डब्लुएचओले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दक्षिण अफ्रिकामा नोभेम्बर ९ मा संकलन गरिएको स्वाबमा यो भेरियन्ट पुष्टी भएको थियो । त्यसपछि हरेक प्रान्तमा यो भेरियन्टको संख्यामा उल्लेख्य बृद्धि भएको छ । दक्षिण अफ्रिकामा बयस्कहरुमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाएको दर जम्मा ३६ प्रतिशत रहेको छ । पछिल्ला दिनहरुमा नयाँ भ्याक्सिन दरमा अझ गिरावट आएको छ ।

ओमिक्रोन भेरियन्टको उच्च संख्यामा भएको उत्परिवर्तनका कारण चिन्ता व्यक्त गरिएको हो । यो भेरियन्टको अहिलेसम्म मुख्य स्पाइक प्रोटिनमा ३० भन्दा धेरै उत्परिवर्तन भइसकेको छ । अहिलेसम्म भएका भाइरसका उत्परिवर्तनमध्ये यो पछिल्लो उत्परिवर्तन सबैभन्दा सङ्क्रामक रहेको छ ।

यस्ता उत्परिवर्तनका कारण भेरियन्टलाई धेरै संक्रामक बनाउने र प्रतिरोध क्षमतामा हस्तक्षेप हुनसक्नेबारे वैज्ञानिकहरुले चासो र चिन्ता व्यक्त गरिरहेका छन् । यो भेरियन्टबिरुद्ध भ्याक्सिनले काम गर्ने वा नगर्ने सन्दर्भमा पनि परीक्षणहरु भइरहेका छन् ।  एकजना वैज्ञानिकले यो भेरियन्ट आफूहरूले देखेकोमध्ये खराब भएको बताएका छन्।

भाइरस फैलिदै गर्दा यसको नयाँ भेरियन्ट र उत्परिवर्तन अपेक्षित र स्वभाविक नै हो । धेरै उत्परिवर्तनहरू खराब नै हुँदैनन्। ती उत्परिवर्तनले के गरिरहेका छन् भन्ने थाहा पाउनु महत्त्वपूर्ण हो।

तर ओमिक्रोन भेरियन्टका बारेमा चिन्तित हुनुपर्ने अन्य कारण पनि छन् । अहिलेको चिन्ता भनेको यो भाइरस सुरुमा चीनको वुहानमा देखिएको भाइरसभन्दा उग्र रूपमा फरक छ। ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा पनि बढी संक्रामक देखिएको छ । डेल्टा भेरियन्ट ठेउलाको भाइरसजत्तिकै संक्रामक रहेको सीडीसीले जनाएको थियो ।

विश्व स्वास्थ्य संगठनले पनि ओमिक्रोन भेरियन्ट अन्यका तुलनामा उच्च जोखिमयुक्त रहेको प्रारम्भिक प्रमाणले देखाएको जनाएको छ ।

अमेरिकाका सङ्क्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले नयाँ भेरियन्टबारे रिपोर्टहरूले खतरनाक देखाएको भए पनि गम्भीर बिरामी हुनबाट खोपले अझै पनि जोगाउन सक्ने सम्भावना रहेको बताएका छन्। भ्याक्सिन उत्पादकहरुले यो भेरियन्टबिरुद्ध भ्याक्सिनले काम गर्ने वा नगर्ने भन्ने पत्ता लगाउन परीक्षण सुरु गरिसकेको बताएका छन् ।

अहिलेको मोडेर्नाको डोज र बुस्टर कम भएको खण्डमा यसको मात्रा बढाउने सन्दर्भमा पनि मोडेर्नाले परीक्षण गरिरहेको छ । मोडेर्नाले ओमिक्रोनलाई नै लक्ष्यीत गरेर समेत बुस्टरको परीक्षण गरिरहेको छ । त्यस्तै आष्ट्राजेनेकाले पनि ओमिक्रोन भेरियन्टको प्रभाव भ्याक्सिनमा कस्तो छ भन्नेबारे अध्ययन गरिरहेको जनाएको छ । आष्ट्राजेनेकाले यो भेरियन्ट भेटिएका स्थानमा परीक्षण सुरु गरिसकेको छ ।

खोपले काम गर्ने नगर्नेबारे रिपोर्ट २ सातामा सार्वजनिक गर्ने फाइजरले जनाएको छ । आफूहरुले कोरोनाको ओमिक्रोन भेरियन्टबारे विज्ञहरुको चिन्तालाई गम्भिरतापूर्वक लिएको र आवश्यक परेमा नयाँ भेरियन्टविरुद्ध १ सय दिनमा भ्याक्सिन ल्याउनसक्ने बताएको छ । ल्याब परीक्षणबाट नयाँ भेरियन्ट खोपबाट बच्न सक्ने भए नभएको तथा भ्याक्सिनमा समायोजन आवश्यक भए नभएको थाहा हुने फाइजरले जनाएको छ ।

यदि अहिलेको भ्याक्सिनबाट नयाँ भेरियन्ट बच्नसक्ने अवस्था आएमा भ्याक्सिन ६ साताभित्र नयाँ स्वरुपमा बनाउन सकिने र एकसयदिनभित्र भ्याक्सिन पठाउन सकिने फाइजरले दावी गरेको छ । यसैबीच जोन्सन एण्ड जोन्सनले पनि कोरोनाको नयाँ भेरियन्टको नजिकबाट अवलोकन गरिरहेको बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com