ग्रिनकार्डवाहक र अमेरिकी नागरिक लगायत सबैलाई १ दिन अघिको कोरोना रिपोर्टको नियमको तयारी


प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार

अमेरिकामा बाइडेन प्रशासनले अमेरिका प्रवेश गर्ने ग्रिनकार्डवाहक र नागरिक लगायत सबैलाई बढीमा एकदिन कोरोना परीक्षण गरेको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने नियमको तयारी गरेको छ । यस अगाडि ७२ घण्टाभित्र कोरोना परीक्षण गरेको नेगेटिभ रिपोर्ट र भ्याक्सिन लगाएको हुनुपर्ने प्रावधान रहेको थियो । भ्याक्सिन अनिवार्यको नियम भने नोभेम्बरबाटमात्र लागु गरिएको हो ।

अधिकारीहरुले नयाँ नियमबारे छलफल भइरहेको र अन्तिम निर्णय भइनसकेको बताएका छन् । यो नियम कार्यान्वयन गरिएको खण्डमा अमेरिका प्रवेश गर्ने प्राय सबैले बढीमा एकदिन अगाडि स्वाब संकलन गरिएको कोरोना नेगेटिभ रिपोर्टका साथमा भ्याक्सिन लगाएको प्रमाण पेश गरेपछिमात्र अमेरिकाको उडानका लागि बोर्डिङ पास पाउनेछन् ।

कोरोनाको ओमिक्रोन भेरियन्टका कारण अमेरिकाले नयाँ नियमको तयारी गरेको हो । पुनरावलोकन गरिने नियमले स्वाब संकलनको अवधिलाई कम बनाउने सीडीसीका प्रवक्ताले बताएका छन् । यसले कोरोना सम्बन्धि पहिलेदेखि लागु भइरहेका नियमलाई अझ मजबुत बनाउने उनको भनाई छ । अमेरिका आइसकेपछि अमेरिकनलाई अनिवार्य क्वारेन्टीनको नियमबारे भने विचार गरिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबारदेखि अमेरिकाले दक्षिण अफ्रिका र ७ देशबाट अमेरिका आउनमा प्रतिबन्ध लगाएको छ । यो यात्रा प्रतिबन्ध कहिलेसम्म लागु हुने भन्नेबारे केही बताइएको छैन । राष्ट्रपति जो बाइडेनले आगामी अवस्थामा भर पर्ने बताएका छन् । हरेक साताको अवस्थाको मूल्यांकन गरेर निर्णय लिइने उनले बताएका छन् ।

बिहिबार बाइडेनले चिसो मौषमका लागि कोरोनाबिरुद्ध लड्ने नयाँ रणनीति सार्वजनिक गरेका छन् । जसमा लकडाउन र शटडाउन होइन, भ्याक्सिन अभियान, बुस्टर शट अभियान, परीक्षण तीब्र लगायतका योजनाहरु समेटिएका छन् । बाइडेन प्रशासनले थप प्रतिबन्धहरु नलगाइने संकेत गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com