एफडीएका सल्लाहकारबाट कोरोनाबिरुद्धको खानेचक्की प्रयोगको अनुमतिका लागि सिफारिस


प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार

अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएका सल्लाहकारहरुले कोरोनाबिरुद्धको खानेचक्की मर्कलाई प्रयोगको आपतकालिन स्वीकृतिका लागि अनुमतिको सिफारिस गरेका छन् । सिफारिसका पक्षमा १३ र विपक्षमा १० मत खसेको थियो ।

मोल्न्यूपिरभीरलाई स्वीकृतिका लागि सिफारिस गर्ने सन्दर्भमा सल्लाहकारहरुबीच मत विभाजन भएको छ । सल्लाहकार समितिको सिफारिस अनुशार एफडीएले स्वीकृति प्रदान गरेको खण्डमा कोरोनाबिरुद्धको उपचारका लागि अमेरिकामा स्वीकृति पाउने यो पहिलो खानेचक्की हुनेछ ।

यो चक्की संक्रमण देखिएको पाँच दिनभित्र सेवन गर्नुपर्छ । दिनको दुईपटक चारवटा चक्की ५ दिनसम्म सेवन गर्नुपर्छ । एफडीएका सल्लाहकार समिति सदस्यहरु खासगरी गर्भवती महिलामा चक्कीको सेवनबारे चिन्तित भएका थिए ।

अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले बनाएको मोल्न्यूपिरभीरलाई यूकेको औषधि नियामक निकायले अनुमोदन गरिसकेको छ । यूकेमा कोभिडका हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका र अवस्था गम्भीर हुन सक्ने एउटा पनि कारक भएका जस्तो कि मोटोपन, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसमा मोल्न्यूपिरभीरको प्रयोगका लागि अनुमति दिइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोभिडको उपचारमा सुईको रूपमा दिनुको साटो खान मिल्ने विश्वमै यो पहिलो पटक अनुमोदन गरिएको एन्टिभाइरल हो । यूकेले शुरूमा यो वर्षको अन्त्यसम्ममा ४ लाख ८० हजार वटा मोल्न्यूपिरभीर औषधि पाउने गरी खरिद सम्झौता गरिसकेको छ ।

कोरोनाबिरुद्धको खाने चक्कीको उच्च प्रभाकारिता पुष्टी भएपछि उत्पादक कम्पनी फाइजरले पनि आपतकालिन प्रयोगको अनुमतिका लागि अमेरिकाको एफडीएमक्ष आवेदन दिइसकेको छ । यदि एफडीएबाट स्वीकृति प्राप्त भएमा यो चक्की कोरोना संक्रमण भएकाहरुले घरमै मुखबाट यो चक्की सेवन गरेर सिकिस्त हुनबाट बच्न सक्नेछन् ।

क्वीनिकल परीक्षणका क्रममा उच्च जोखिममा रहेका संक्रमितहरुलाई यो चक्की दिंदा अस्पताल भर्ना हुने र ज्यान गुमाउने दरमा ८९ प्रतिशत कमी भएको थियो । संक्रमितहरुलाई लक्षण देखिएको तीनदिनभित्र यो चक्की खान दिइएको थियो ।

फाइजरले एफडीएसमक्ष नोभेम्बर दोश्रो साता आवेदन पेश गरेको थियो । प्याक्सलोभिड नामको यो चक्की एचआईभी संक्रमितहरुलाई रिटोनाभिरसँगै दिइएको थियो । स्वीकृत भएमा कोरोनाबिरुद्धको १५० मिलिग्रामको यो चक्की दिनको दुईपटक खुवाउन सकिनेछ ।

फाइजरले कोरोनाबिरुद्धको चक्की गरिव देशहरुमा उत्पादन गर्न र सस्तोमा बेच्न अनुमति दिने सम्झौता गरेको घोषणा गरिसकेको छ । कम्पनीले घोषणा गरेको सम्झौता अनुशार कोभिड १९ बिरुद्धको उपचारमा धेरैको पहुच त कायम हुनेछ तर सम्झौतामा कोरोनाको चपेटमा परेका कैयन देशलाई भने समावेश गरिएको छैन । सुचीमा नेपाल पनि समावेश रहेको छ । अर्थात् नेपालले कोरोनाबिरुद्धको फाइजरको चक्की सस्तो मूल्यमा प्राप्त गर्न सक्नेछ ।

फाइजरले कोरोनाबिरुद्धको चक्की ९५ देशमा उत्पादन गर्न र सस्तोमा बेच्न अनुमति दिने भएको छ, जसले विश्वको जनसंख्याको झण्डै आधा जनसंख्या समेट्नेछ । कोरोनाबिरुद्धको चक्की उत्पादन गरिरहेको मर्कले पनि यस्तै सममति गरेको थियो ।

मर्क र फाइजरको यो घोषणापछि यी दुई कम्पनीले विकाश गरेका दुई साधारण चक्कीको उत्पादन सहजरुपमा नै विश्वब्यापी हुनेछ । कोरोना संक्रमणपछि तुरुन्तै सेवन गर्नुपर्ने यी चक्कीहरु कोरोनाबाट सिकिस्त हुनबाट बचाउन प्रभावकारी रहेका छन् ।

सहमति अनुशार फाइजरले राष्ट्रसंघको सहयोग प्राप्त गैरनाफामुलक संस्था मेडिसिन पेटेन्ट पुललाई चक्कीको रोयल्टी फ्रि लाइसेन्स दिनेछ । उनीहरुले औषधी उत्पादनका लागि फाइजरको फर्मुला प्राप्त गर्नेछन् । र, ९५ देशहरुमा प्रयोगका लागि सस्तोमा बेच्न सक्नेछन् । अधिकांश देशहरु एसिया र अफ्रिकाका रहेका छन् । मर्कले भने १०५ देशलाई सस्तोमा चक्की उपलब्ध गराउन यस्तो सम्झौता गरेको हो ।

मर्कको सम्झौतामा जस्तै कोरोनाबाट अत्यन्तै प्रभावित ब्राजिल, क्युबा, इराक, लिबिया, जमैका लगायतलाई समावेश गरिएको छैन । यी देशहरुले सिधै फाइजरबाट महँगोमा चक्की किन्नुपर्नेछ । चीन र रसियालाई पनि फाइजर र मेरेक दुबैले सम्झौतामा छुटाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com