स्वीडेनमा पहिलो महिला प्रधानमन्त्री एक हप्तामा दोस्रो पटक निर्वाचित


प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार

म्याग्डालेना एन्डरसनले पदबाट राजीनामा दिएको एक हप्ता नबित्दै पुनस् प्रधानमन्त्री नियुक्त भएकी छिन्। अल्जाजीराका अनुसार, म्याग्डालेन एन्डरसन प्रधानमन्त्री भएको भोलिपल्ट राजीनामा दिएकी थिइन् ।

उनको बजेट विपक्षीले अस्वीकार गरेपछि राजिनामा दिएकी थिइन् । गठबन्धनमा अति दक्षिणपन्थी पार्टी समेत समावेश थियो । यसअघि, मध्य(वामपन्थी सामाजिक लोकतान्त्रिक पार्टीकी नेता म्याग्डालेना एन्डरसन चुनावपछि देशको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् ।
उनको पहिलो ऐतिहासिक कार्यकाल करिब सात घण्टाको थियो।

‘संवैधानिक अभ्यासअनुसार कुनै दलले सरकार छोडेमा गठबन्धन सरकारले राजीनामा दिनुपर्छ,’ उनले भनिन्।’मेरो लागि, यो सम्मानको कुरा हो, तर म त्यस्तो सरकारको नेतृत्व गर्न चाहन्न जहाँ यसको वैधतामा प्रश्न उठाउने आधार होस्,’उनले आफ्नो फेसबुकमा लेखेकी छिन् ।

यद्यपि, एन्डरसनले हालैका दशकहरूमा स्वीडेनका सबैभन्दा कमजोर सरकारलाई नेतृत्व गर्ने अपेक्षा गरिएको छ। यसबाहेक, एन्डरसनको बजेट आप्रवासी विरोधी स्वीडेन डेमोक्र्याट सहित तीन विपक्षी दलहरूले तयार गर्नेछन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com