रुसद्धारा नयाँ भेरियन्ट ओमिक्रोनविरुद्धको खोप बनाउन सुरु,४५ दिनमै आम नागरिकलाई खोप उपलब्ध गराइने दाबी


प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ । रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोनाभाइरसको नयाँ भेरियन्ट अनुसारकै खोपको पनि नयाँ संस्करण बनाउन लागिएको जनाएको छ ।

केन्द्रका अधिकारीहरुले कोरोनाभाइरसविरुद्ध प्रयोग भएको स्पुतनिक भीलाई नै संशोधन गरेर ओमिक्रोनका विरुद्धमा पनि काम गर्ने बनाउन लागिएको जानकारी दिएका छन् ।

उनीहरुले ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास चाडै नै हुने सक्ने विश्वास पनि व्यक्त गरेका छन् । ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास भएपछि ४५ दिनमै आम नागरिकलाई खोप उपलब्ध गराइने उनीहरुले बताएका छन् । अन्तर्राष्ट्रिय बजारलाई समेत पुग्नेगरी खोप उत्पादन गर्न सकिने उनीहरुको भनाई छ । रासस/सिन्ह्वा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com