सुत्केरी व्यथा लाग्दा पनि साइकल चलाएर अस्पताल पुगिन् न्युजिल्याण्डकी सांसद !


प्रकाशित मिति : मंसिर १३, २०७८ सोमबार

न्युजिल्याण्डकी सांसद जुली एनी जेन्टर चर्चामा छिन् । साइकल चढेर अस्पताल पुगि बच्चा जन्माएका कारण उनी चर्चामा आएकी छिन् । वास्तवमा जुलीलाई आइतबार बिहानै सुत्केरी व्यथा लाग्यो । त्यसपछि उनी आफ्नो विद्युतीय साइकल चढेर अस्पताल पुगिन् । त्यहाँ डाक्टरले उनलाई सुत्केरी गराए ।

जुलीले आफ्नो यो अनुभव सोसल मिडियामा सेयर गरेकी छिन् । उनले बच्चाको थुप्रै तस्बिर पोस्ट गर्दैै लेखिन्, ‘ठूलो खबर, बिहान ३ः०४ बजे हामीले परिवारको सबैभन्दा नयाँ सदस्यको स्वागत गर्यौं । सुत्केरी व्यथाले च्यापेका बेला साइकल चलाउने मेरो कुनै योजना थिएन तर यस्तै हुन लेखिएको थियो ।’

जुलीले लेखिन्, ‘राती २ बजे अस्पताल जानका लागि निस्कँदा मलाई खासै पीडा भएको थिएन । पछि पीडा बढेका कारण हामी अस्पताल पुग्न १० मिनेट ढिलो भयो । हामीसँग एउटा स्वस्थ र खुसी बच्चा छ जो पिताको काखमा सुतिरहेको छ ।’ जुलीले आरामदायी तरिकाले सुत्केरी गराएकोमा अस्पतालका कर्मचारीलाई धन्यवाद दिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सांसद जुली एनी जेन्टर ग्रीन एमपीको नामले पनि चिनिन्छ । वातावरणको विषयमा आफ्नो अभियान चलाएका कारण उनी चर्चामा छाइरहन्छिन् । जुलीसँग अमेरिका र न्युजिल्याण्डको दोहोरो नागरिकता छ । उनी अमेरिकाको मिनसोटामा जन्मिएकी थिइन् तर सन् २००६ मा न्युजिल्याण्ड पुगेकी थिइन् । न्युजिल्याण्डको मिडिया अनुसार जुलीले सन् २०१८ मा पनि यसै गरी साइकल चलाएर अस्पताल पुगेर पहिलो सन्तान जन्माएकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com