ओमिक्रोन भेरियन्टको लक्षण अत्यन्तै नरम, इपिसेन्टरमै कसैलाई गरिएको छैन अस्पताल भर्ना


प्रकाशित मिति : मंसिर १३, २०७८ सोमबार

कोरोनाको ओमिक्रोन भेरियन्टको लक्षण अत्यन्तै नरम भएको दक्षिण अफ्रिकाका चिकित्सकले बताएकी छन् । यो भेरियन्टबारे पहिलोपटक सार्वजनिक रुपमा चेतावनी दिएका चिकित्सकले नै यो भेरियन्टको संक्रमणपछि बिरामीमा देखिने लक्षण अत्यन्तै नरम भएको बताएकी हुन् ।

दक्षिण अफ्रिकी मेडिकल एसोसिएसनका अध्यक्ष डाक्टर एन्जेलिक कोयत्जीले विश्वब्यापी रुपमा भाइरल रहेको प्रभावशाली भेरियन्ट डेल्टाको भन्दा केही फरक लक्षणहरु पाइएपछि नोभेम्बर १८ देखि नयाँ भेरियन्टबारे सचेत गराएकी थिइन् । जसलाई विश्व स्वास्थ्य संगठनले पछि ओमिक्रोन नामाकरण गरेको थियो ।

सुरुमा ३३ बर्षका पुरुष बिरामीबाट ओमिक्रोन भेरियन्ट देखिन सुरु गरेको तथा उनलाई केहीदिन देखि अत्यन्तै थकान अनुभव भएको थियो । साथै शरीर दुख्ने र पीडा अनुभव हुने लक्षण देखिएको थियो भने टाउको समेत दुखेको थियो । ती बिरामीमा घाँटी दुख्ने समस्या भने नभएको जनाइएको छ ।

पहिलेका भेरियन्टमा जस्तो खोकी लाग्ने, स्वाद र गन्ध हराउने लक्षण समेत ओमिक्रोन भेरियन्टमा संक्रमितमा नदेखिएको डाक्टर एन्जेलिक कोयत्जीले बताइन् । घाँटी नदुखेपनि संक्रमितमा गला खसखस गर्ने समस्या भने देखिएको थियो । पहिलो पुरुष बिरामी हेरेकै दिन उनले डेल्टा भेरियन्टको भन्दा फरक लक्षण रहेका अन्य कोरोना संक्रमित बिरामीहरु पनि हेरेकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दक्षिण अफ्रिकी मेडिकल एसोसिएसनका अध्यक्ष डाक्टर एन्जेलिक कोयत्जी

त्यसपछि उनले अफ्रिकाको भ्याक्सिन सल्लाहकार समितिमा यसबारे जानकारी दिएकी थियन् । उक्त समितिमा डाक्टर एन्जेलिक कोयत्जी आफै पनि सदस्य रहेकी छिन् । उनले हेरेका अन्य ओमिक्रोन संक्रमितहरुमा पनि नरम प्रकारको लक्षणमात्र देखिएको र उनका साथीहरुले हेरेकाहरुमा पनि नरम लक्षण नै देखिएको उनको भनाई छ ।

आफूहरु कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिएको इपीसेन्टरमा रहेको र अहिलेसम्म कसैलाई पनि अस्पताल भर्ना गर्ने अवस्था नआएको उनले बताइन् । अन्य साथीहरुसँग कुरा गर्दा पनि यस्तै प्रकारको अवस्था रहेको उनको भनाई छ ।

यो भेरियन्टले कोरोनाको निदान, उपचार र खोपमा कस्तो प्रभाव पार्नेछ भन्ने थाहा पाउन अझै केही साता लाग्ने विश्व स्वास्थ्य संगठनको भनाई छ । विज्ञहरु ओमिक्रोन भेरियन्टको ठूलो संख्यामा उत्परिवर्तनबाट चिन्तित भइरहेका छन् । यो भेरियन्टले पुन संक्रमणको जोखिम बढाएको प्राथमिक तथ्यांकहरुले देखाएका छन् । विगतका भेरियन्टको तुलनामा ओमिक्रोन दक्षिण अफ्रिकामा छिटो फैलिएको देखिएको छ ।

सन् २०१९ को अन्तिमतिर चीनमा कोरोना भाइरस पहिलोपटक देखिएपछि भेरियन्ट अनुशार लक्षण पनि केही फरक रहेका छन् । डेल्टा र अल्फा भेरियन्टले बढी टाउको दुख्ने, घाँटी दुख्ने, रुघा लाग्ने र ज्वरो आउने लक्षणहरु बढी देखिएको थियो । कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि कैयन देशहरुले यात्रा प्रतिबन्धहरु लगाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com