पोर्चुगलको फुटवल टिमका १३ जनामा ओमिक्रोन, एकजनाले गरेका थिए दक्षिण अफ्रिका भ्रमण


प्रकाशित मिति : मंसिर १३, २०७८ सोमबार

पोर्चुगलको फुटवल टिमका १३ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । टिमका एकजनालेमात्र हालै दक्षिण अफ्रिकाको भ्रमण गरेको जनाइएको छ । संक्रमितहरु सबै लिस्वन सकर क्लब बेलेनेन्सेसका खेलाडी र स्टाफ मेम्बरहरु रहेका छन् ।

बेलेनेन्सेसका खेलाडीहरुले शनिबार बेनिफिकाबिरुद्ध प्रिमियर लिगको खेल खेले लगत्तै परीक्षण गरिएकोमा सोमबार कोरोनाको भेरियन्ट ओमिक्रोन रहेको पुष्टी भएको अधिकारीहरुले जनाएका छन् । शनिबार नखेलेका टिमका केही सदस्यहरुबाहेक अरु सबै आइसोलेसनमा बसिएको क्लबका प्रवक्ताले जनाएका छन् ।

हङकङमा मास्क लगाएर हिड्दै एक महिला । एपी फोटो ।

हङकङमा ओमिक्रोन भेरियन्ट तेश्रो जनामा पनि पुष्टी भएको छ भने स्कटल्याण्डमा ६ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । यूकेमा आइतबार अगाडि ३ जनामा ओमिक्रोन पुष्टी भएको थियो ।

यस अगाडि नेदरल्याण्डमा १३ जना हवाई यात्रुहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टी भएको थियो । दक्षिण अफ्रिकाबाट फर्केका यात्रुहरुमा परीक्षण गर्दा १३ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको थियो । उनीहरु शुक्रबार आम्स्टर्डममा आएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अधिकारीहरुले दुईवटा उडानबाट आएका ६ सय जना यात्रुहरुको परीक्षण गरेका थिए । जसमध्ये ६१ जनामा कोरोना संक्रमण देखिएको थियो । १३ जनामा ओमिक्रोन भेरियन्ट देखिएपनि अन्यमा भने उक्त भेरियन्ट नभेटिएको जनाइएको छ ।

उनीहरु नेदरल्याण्डले दक्षिण अफ्रिकाबाट उडानमा रोक लगाउनु अगाडि नै आइसकेकाहरु हुन् । उनीहरुले जोहनेसबर्ग र केप टाउनमा नेदरल्याण्ड आउने विमान चढ्नु अगाडि नेगेटिभ कोरोना रिपोर्ट वा भ्याक्सिन लगाएको प्रमाण देखाउनेहरु हुन् ।

एयर फ्रान्सको डट शाखा केएलमले नेगेटिभ रिपोर्ट देखाएर वा भ्याक्सिन लगाएको प्रमाण देखाएर विमान चढेका ठूलो संख्यामा कोरोना संक्रमण देखिदा आफूहरु आश्चर्यचकित भएको बताएको छ । तर आफूहरुसँग यसको कुनै व्याख्या नरहेको केएलएमका प्रवक्ताको भनाई छ ।

डच अधिकारीहरुले दक्षिण अफ्रिका र बोत्साना, इस्वाटिनी, लेसोथो, मोजाम्बिक, नामिविया, जिम्बाबे लगायतका देशबाट सोमबारयता नेदरल्याण्ड आएका झण्डै ५ हजार यात्रुहरुसँग सम्पर्कको प्रयास गरिरहेका छन् । साथै उनीहरुलाई यथाशीघ्र कोरोना परीक्षण गराउन समेत आग्रह गरेका छन् ।

टोरन्टोको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका मास्क लगाएका यात्रुहरु

दक्षिण अफ्रिकामा पहिलोपटक भेटिएको कोरोनाको ओमिक्रोन भेरियन्ट यूके, जर्मनी, इटली, डेनमार्क, बेल्जियम, इजरायल, अष्ट्रेलिया, हङकङ लगायतका कैयन मुलुकमा पुष्टी भइसकेको छ । कोरोनाको नयाँ भेरियन्टका कारण यूएसए, यूके लगायतका कैयन देशहरुले यात्रा प्रतिबन्धको घोषणा गरिसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com