वर्षौदेखिको परम्परा तोड्दै महिला पुरोहितले गराइन विवाह, बेहुला-बेहुली सफ्टवेयर इन्जिनियर


प्रकाशित मिति : मंसिर १२, २०७८ आईतबार

हामीले लगभग सबै विवाहमा पुरुष पुरोहितले नै विवाह गराइदिरहेको देख्छौं । विवाहमा मात्रै नभई लगभग सबैजसो धार्मिक कार्य पुरुष पुरोहितले नै गराइरहेका हुन्छन् । महिला पुरोहितको काम खाना पकाउने, पण्डितहरूलाई खुवाउने आदि इत्यादिमा मात्रै सिमित हुन्छ । तर भारतको पश्चिम बंगालको हुगली क्षेत्रमा यतिबेला एउटा विवाह चर्चाको विषयमा बनेको छ ।

उक्त विवाहलाई एक महिला पुरोहितले सम्पन्न गराएकी थिइन् । जुन परम्परालाई थुप्रै वर्षदेखि पुरुषले निभाउँदै आएका थिए अब यस पटक यो ठूलो परिवर्तन महिलाले गरेर देखाएकी छिन् । सोसल मिडियामा जुन तस्बिर भाइरल भइरहेको त्यसमा महिला पुरोहितले मन्त्र उच्चारण गर्दै हवन गरिरहेकी छिन् ।

यी दुबैले पारम्परिक बंगाली विवाहभन्दा केही भिन्न गर्ने सोचेका थिए । त्यसपछि नै महिला पंडित अनिता मुखोपाध्यायसँग सम्पर्क गरियो र उनी यो विवाह गराउन मानिन् । बेहुला बेहुली  व्यावसायिक रुपमा सफ्टवेयर इन्जिनियर हुन् । आफ्नो विवाहलाई विशेष बनाउनका लागि उनीहरुले यस्तो सोचेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com