उत्तरी पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प, राजधानी लिमालगायत देशको झन्डै आधा भाग प्रभावित


प्रकाशित मिति : मंसिर १२, २०७८ आईतबार

स्थानीय समय अनुसार आइतबार बिहान ५ः५२ बजे पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का पेरूको उत्तरी र मध्य क्षेत्र र छिमेकी मुलुकहरूमा समेत महशुस गरिएको थियो ।

पेरूको भौगर्भिक अध्ययन संस्थाका अनुसार भूकम्प १३१ किलोमिटर (८१ माइल) गहिराइमा गएको थियो ।

यसको भूकम्पको केन्द्रविन्दू पेरूको अमेजनमा ‘सान्ता मारिया डे निवा’ शहरबाट ९८ किलोमिटर पूर्वमा रहेको बताइएको छ । यो पेरूको थोरै जनसंख्या भएको क्षेत्र हो जहाँ अमेजनआदिवासीहरू बसोबास गर्छन् ।

यस गहिरो भूकम्पले तटीय तथा एन्डियन क्षेत्रहरू र राजधानी लिमालगायत देशको झन्डै आधा भागलाई प्रभावित पारेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लुसिया नाम गरेका एक प्रत्यक्षदर्शीले उत्तरी शहर चोटाको आरपीपी रेडियोसँग भने, “भूकम्प शक्तिशाली थियो । भूकम्पपछि सबै नागरिक सडकमा निस्केका छौँ । थप पराकम्पनको चिन्ताले हामी साह्रै डराएका छौं।”

भूकम्पबाट १६ औं शताब्दीको एउटा क्याथोलिक चर्च टावरमा क्षति पुगेको जनाइएको छ । तर कुनै मानवीय क्षति भएको र कोहीपनि गम्भिर रुपमा घाइते भएको रिपोर्ट छैन ।

संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणले केही सम्भाव्य घाइते तथा क्षति हुने पूर्वानुमान् गरेपनि ठूलो क्षति भने नभएको जनाएको छ ।

भूकम्पको केन्द्रविन्दू रहेको स्थानबाट करिब एक हजार किलोमिटरभन्दा बढी दक्षिणमा पर्ने लिमामा यो कम्पन कम तीव्रताका साथ महसुस गरिएको थियो । यद्यपि लिमामा पनि केही मानिसहरू सडकमा निस्किएका थिए ।

१० लाख जनसंख्या भएको पेरूको राजधानीमा यसअघि केही घण्टा पहिले पनि ५.२ रेक्टर स्केलको भूकम्पको महशुस गरिएको थियो ।

पेरू प्रत्येक वर्ष कम्तीमा पनि ४०० ग्रहणशील भूकम्पले हल्लिन्छ, किनकि यो ‘प्यासिफिक रिङ अफ फायर’मा अवस्थित छ । यो व्यापक भूकम्प जाने क्षेत्र हो जुन अमेरिकी महाद्वीपको पश्चिमी तटमा फैलिएको छ । भूकम्पपछि सुनामीको कुनै सम्भावित चेतावनी जारी गरिएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com