भारतले लगायो चीनसहित १४ देशलाई भारत आउनबाट प्रतिबन्ध, डिसेम्बर १५ पछि मात्र अन्तर्राष्ट्रिय हवाइ उडान सुरु गर्ने


प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार

आगामी डिसेम्बर १५ देखि भारतले नियमित रुपमा अन्तर्राष्ट्रिय हवाइ उडान सुरु गर्ने भएको छ।

पीटीआईले भारतको नागरिक उड्डयन मन्त्रालयलाई उदृत गर्दै आगामी डिसेम्बर १५ देखि नियमित रुपमा भारतले अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न लागेको जनाएको हो ।

कोरोना महामारी बढेपछि गत वर्षको मार्च महिनादेखि अत्यावश्यक वस्तु ढुवानी तथा सुपुर्दगी सेवाबाहेक अन्तर्राष्ट्रिय हवाई उडानमाथि प्रतिबन्ध लगाइएको थियो।

तर, पछिल्लो समय कोरोना संक्रमित घट्न र खोप लगाउनेको संख्या बढ्न थालेपछि प्रतिबन्ध खुकुलो बनाउन थालिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतले डिसेम्बर १५ देखि नियमित रुपमा अन्तर्राष्ट्रिय उडान भर्न पाउँदा चीनसहित १४ मुलुकलाई भने प्रतिबन्ध नै लगाइएको छ ।

उडान  भर्न प्रतिबन्ध लगाईएका देशहरूमा चीनसहित फिनल्याण्ड, दक्षिण अफ्रिका, ब्राजिल, बंगलादेश, बोत्स्वाना, मौरिसस, न्यूजिल्याण्ड, बेलायत, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, जिम्बाब्बे र सिंगापुर रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com