विश्वमै धेरै हतियार अमेरिकनसँग, मान्छेको भन्दा हतियारको संख्या धेरै


प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार

अमेरिकामा बन्दुक हिंशाले कैयन स्थानहरु असुरक्षित स्थानका रुपमा कुख्यात बनेका छन् । अझै पनि अमेरिकनहरु संविधानले व्यवस्था गरेको अधिकार अनुरुप नै बन्दुक राख्छन् । तर दोश्रो संसोधनका आलोचकहरु बन्दुक राख्ने अधिकारले जीवन जिउने अधिकारलाई सकंटमा पारेको बताउदै आएका छन् ।

अमेरिकामा औषतमा हरेक एकसयजनासँग १२० वटा हतियार रहेका छन् । अर्थात् मान्छेको भन्दा धेरै संख्या हतियारको रहेको छ । विश्वका कुनै पनि देशमा मान्छेको संख्याभन्दा नागरिक बन्दुकको संख्या धेरै छैन । अमेरिकापछि फकल्याण्डको टापुमा सर्वसाधारणसँग हुने बन्दुकको संख्या धेरै रहेको छ । त्यहाँ हरेक एकसयजनासँग ६२ वटा बन्दुक रहेका छन् ।

यमन विश्वमा सर्वसाधारणसँग औषतमा धेरै हतियार हुने तेश्रो मुलुक हो । यो देशमा पनि हरेक १ सय जनामा ५३ वटा बन्दुक रहेका छन् । विश्वमा सर्वसाधारणसँग ८५७ मिलियन बन्दुक रहेकोमा अमेरिकनसँगमात्र ३९३ मिलियन बन्दुक रहेका छन् । अर्थात् विश्वमा रहेका कुल नागरिक बन्दुकको संख्याको ४६ प्रतिशत अमेरिकनसँग रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०२० को ग्यालप सर्वे अनुशार ४४ प्रतिशत बयस्कहरु अमेरिकामा बन्दुक भएको घरमा बस्छन् । र अमेरिकामा कम्तीमा एकतिहाई बयस्कहरुसँग आफ्नै बन्दुक रहेको छ । सन् २०१८ मा बन्दुक उत्पादकहरुले ९ मिलियन हतियारहरु बनाएका थिए । सन् २००८ मा उत्पादित बन्दुकको तुलनामा यो संख्या दोब्बर रहेको सरकारी तथ्यांक रहेको छ ।

अमेरिकामा हतियार किन्नका लागि संघीय पृष्ठभूमि परीक्षण आवश्यक हुन्छ । सन् २०२१ को जनवरीमा यस्तो पृष्ठभूमि परीक्षण बार्षिक दर सन् २०१३ यताकै उच्च बिन्दुमा पुगेको थियो । जनवरी २०२० का तुलनामा जनवरी २०२१ मा पृष्ठभूमि परिक्षण दर ६० प्रतिशत बढेको थियो ।

मार्च २०२१ मा एफबीआईले ४७ लाख बन्दुक किन्न चाहनेहरुको पृष्ठभूमि परीक्षण गरेको थियो । जुन एफबीआईएले रेकर्ड राख्न थालेको २० बर्षको इतिहासमा नै सबैभन्दा धेरै पृष्ठभूमि परीक्षण गरिएको महिना हो । मार्चमा पृष्ठभूमि परीक्षण गरिएकाहरुमध्ये २० लाख व्यक्ति नयाँ बन्दुक किन्न चाहनेहरु रहेका थिए ।

यसबारे विस्तृत रिपोर्ट सीएनएनमा पढ्न सक्नुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com