यसकारण मनाइन्छ थ्यांक्सगिभिङ, काटियो ४६ मिलियन टर्की, ९२७ मिलियन डलर टर्कीमा खर्च


प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार

नोभेम्बर २५ मा कोरोना महामारीकाबीच अमेरिकामा थ्यांक्सगिभिङ पर्व मनाइएको छ । यो दिन उत्तर अमेरिकामा राष्ट्रिय विदाका रुपमा मनाउने गरिन्छ । यो दिन बर्षमा भएको उब्जनी र अन्य आशिर्वादका रुपमा मनाउने गरिन्छ ।

अमेरिकामा थ्यांक्सगिभिङ डिनरका रुपमा टर्की चराको भोज गर्ने प्रचलन रहेको छ । थ्यांक्सगिभिङमा परिवारसँग बसेर टर्कीका विभिन्न परिकारहरु खाने चलन रहेको छ ।

नेशनल टर्की फेडेरेशनका अनुशार हरेक बर्ष थ्यांक्सगिभिङ मनाउने क्रममा ४६ मिलियन टर्कीहरु खाइन्छ । क्रिममसमा २२ मिलियन र इस्टरमा १९ मिलियन टर्की खाइने नेशनल टर्की फेडेरेशनको तथ्यांक रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गतबर्ष थ्यांक्सगिभिङमामात्र टर्कीका लागि अमेरिकनहरुले ७८३ मिलियन डलर खर्चेका थिए । यो बर्ष ९२७ मिलियन डलर टर्कीमा खर्च गर्ने अनुमान गरिएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ एग्रिकल्चरले पनि यो बर्ष ४६ मिलियन टर्की काटिने अनुमान गरेको थियो ।

९५ प्रतिशत अमेरिकनहरुले थ्यांक्सगिभिङमा टर्की खाने गरेको तथ्यांक रहेको छ । अमेरिकामा मात्र हरेक थ्यांक्सगिभिङमा ६७५ मिलियन पाउण्ड टर्की खपत हुने गरेको जनाइएको छ । बचेको टर्की स्याण्डवीच, सुप, सलादका रुपमा थ्यांक्सगिभिङ पछिका दिनमा खाने गरिन्छ ।

पहिलो थ्यांक्सगिभिङ डिनर सन् १६२१ म तीर्थयात्रीहरुले खाएको बताइन्छ । त्यतीबेला अन्न उब्जनीको उत्सवका थ्यांक्सगिभिङ डिनर गरिएको र त्यो यता यो पर्व मनाउन सुरु गरिएको विश्वास गरिन्छ । त्यतीबेला उपनिवेशको पहिलो सफल अन्न उब्जनीका रुपमा मनाइएको थियो । अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले सन् १८६३ देखि थ्यांक्सगिभिङलाई राष्ट्रिय पर्वका रुपमा मनाउने घोषणा गरेका थिए ।

अहिले थ्यांक्सगिभिङ एकअर्काप्रति अनुग्रह व्यक्त गर्न र धन्यवाद आदान प्रदान गर्नका लागि समेत मनाउने प्रचलन छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com