१८७ बर्षपछि न्युयोर्क सिटी हलबाट हटाइयो अमेरिकाका तेश्रो राष्ट्रपति जेफर्सनको प्रतिमा


प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार

अमेरिकाका तेश्रो राष्ट्रपति थोमस जेफर्सनको प्रतिमा न्युयोर्क सिटी हलबाट १८७ बर्षपछि हटाइएको छ । ७ फुट अग्लो उक्त प्रतिमा हटाउन कैयन घण्टा लागेको थियो ।

अमेरिकाका कैयन सिटीहरुले दासतासँग जोडिएका नेताहरुका प्रतिकहरु हटाउने कदम चालिरहेको सन्दर्भमा न्युयोर्क सिटीले पनि उक्त कदम चालेको हो । दासका मालिकका रुपमा जेफर्सनको इतिहास जोडिएको भन्दै न्युयोर्क सिटीको पब्लिक डिजाइन कमिसनले जेफर्सनको प्रतिमा हटाउने एकमतले निर्णय गरेको थियो ।

थोमस जेफर्सन ६ सय जना दासका मालिक रहेको इतिहास रहेको र दासको मालिकको प्रतिमा सिटीहलमा राख्नु उपयुक्त नभएको भन्दै उक्त प्रतिमा हटाइएको हो । काँसको जेफर्सनको प्रतिमा सन् १८३३ मा बनाइएको थियो भने सन् १८३४ मा न्युयोर्कका जनतालाई उपहार दिइएको थियो । सन् १९१५ देखि यो सिटी हलको च्याम्बरमा राखिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

थोमस जेफर्सन अमेरिकाको स्वतन्त्रताको घोषणापत्रका प्राथमिक लेखक हुन् । उनी सन् १८०१ देखि सन् १८०९ सम्म अमेरिकाको राष्ट्रपति भएका थिए । उनले आफ्नो जीवनभरमा ६ सय जना दासहरु राखेको र उनीहरुले जेफर्सन घर तथा बोटबिरुवामा काम गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com