कोरोनाबाट यूरोप र एसियाका केही क्षेत्रमा थप ७ लाखको मृत्यु हुनसक्छ : डब्ल्यूएचओ


प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार

कोरोना भाइरस संक्रमणका कारण यूरोप र एसियाका केही क्षेत्रमा थप ७ लाख मानिसहरुको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मार्चसम्ममा थप ७ लाख जनाको मृत्यु हुनसक्ने चेतावनी दिएको हो ।

पछिल्लो समय यूरोपमा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गर्दै आएका छन् । कोरोना रोकथाम तथा न्यूनीकरणका कालागि केही राष्ट्रहरुले पुनः लकडाउन सहितको प्रतिबन्धहरु लागू गरेका छन् ।

उक्त प्रतिबन्धहरुको विरोधमा यूरोपका विभिन्न शहरहरुमा हिंसात्मक झडप पनि हुदै आएको छ । कोरोना संक्रमण तीब्र रुपमा पुनः फैलिइरहेको अवस्थामा डब्ल्यूएचओले मृतकको संख्या पनि बढ्न सक्ने आँकलन गरेको हो ।

डब्ल्यूएचओका अनुसार पछिल्लो समय यूरोपमा एक दिनमा करिब ४ हजार २०० जनाको मृत्यु भइरहेको छ । रसियामा मात्रै एकैदिन १ हजार २० जनाको मृत्यु भइरहेको छ । हालसम्म युरोपका करिब ५३ देशहरुमा १५ लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । एजेन्सी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com