पाकिस्तानी प्रधानमन्त्री भन्छन् ‘पूर्वशासकले मोज मस्ती गरेपछि जनताले कर तिरेनन’


प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पूर्वशासकले मोजमस्ती गर्दा जनताले कर तिर्न छाडेको र अहिले देश चलाउने पैसा  नभएको बताएका छन् । राजधानी इस्लामवादमा ट्रयाक एण्ड ट्रयास प्रणाली उद्घाटन समारोहमा बोल्दै खानले वैदेशिक ऋण बढिरहँदा पाकिस्तानमा आर्थिक संकट गहिरिएको बताएका हुन् ।

पाकिस्तानमा कर तिर्ने संस्कृति नबस्नुको दोष पूर्व शासकहरूलाई दिँदै खानले भने, ‘उपनिवेश कालमा अङ्ग्रेजलाई किन कर तिर्ने भनियो, स्वतन्त्र भएपछि पनि शासक वर्गले कर संस्कृति स्थापित गर्न सकेनन्, उनीहरूको भद्दा जीवनशैलीकै कारण जनताले कर तिर्न मानेनन्, नेतालाई पोस्न किन कर तिर्ने भन्ने धारणा बन्यो,’ खानले भनेका छन् ।

करिब २२ करोड जनसङ्ख्या रहेको पाकिस्तानमा २० लाख मानिसले मात्रै कर तिर्ने गरेका छन्  पाकिस्तान सरकारले कर तिर्न लगाउनुपर्ने १ करोड ५० लाख मानिसको पहिचान गरेको छ । खुद्रा बजारमा १८ ट्रिलियन बराबर कारोबार हुने गरेपनि तीन ट्रिलियन डलर बराबरको मात्रै हिसाब राख्न सकिएको खानले बताएका छन् । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com