जो बाइडेन सन् २०२४ को चुनावमा पनि राष्ट्रपतिमा उठ्ने ह्वाइटहाउसबाट पुष्टी


प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार

वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेन सन् २०२४ को चुनावमा पनि राष्ट्रपतिमा उठ्ने भएका छन् । बाइडेनको राजनीतिक भविश्यबारे चर्चा भइरहको सन्दर्भमा ह्वाइटहाउसले बाइडेन आगामी चुनावमा उठ्ने पुष्टी गरेको हो ।

७९ बर्षका राष्ट्रपति बाइडेनको पछिल्ला केही महिनामा लोकप्रियतामा कमी आइरहेको सर्वेक्षणले देखाइरहेका छन् । यो अवस्थामा कैयन डेमोक्र्याट्सहरुले बाइडेन अर्को कार्यकालका लागि चुनाव नउठ्ने अनुमान गरिरहेका थिए । ह्वाइट हाउस प्रेस सेक्रेटरी जेन पास्कीले बाइडेनको चुनावमा उठ्ने आशय रहेको बताइन् ।

भर्जिनियाको गभर्नरको चुनावमा रिपब्लिकनले जितेपछि र न्युजर्सीको गभर्नरमा डेमोक्रेटिक उम्मेदबारले झिनो अन्तरलेमात्र चुनाव जितेपछि डेमोक्र्याट्सहरु आगामी राष्ट्रपति चुनावका बारेमा चिन्तित बनेका छन् । बाइडेन एक कार्यकालमात्र राष्ट्रपति हुने हल्ला चलिरहेका बेलामा बाइडेनले आगामी चुनावमा उठ्ने आशय व्यक्त गरेर आगामी चुनावका लागि बाटो खुला गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालैको वासिंटन पोष्ट र एबीसीको सर्वेक्षणमा बाइडेनको स्वीकृति दर जम्मा ४० प्रतिशतमात्र देखिएको थियो । सन् २०२४ को चुनावमा उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिमा उठ्ने सम्भाव्यताका कारण बाइडेनले उम्मेदवारी नदिनेबारेपनि प्रश्नहरु उठेका थिए । हालै युएसए टुडेको सर्वेक्षणमा कमला ह्यारिसको स्वीकृति दर जम्मा २८ प्रतिशतमात्र रहेको छ ।

बाइडेनको शुक्रबार गरिएको स्वास्थ्य परीक्षणमा उनी राष्ट्रपतिका रुपमा कार्यभार सम्हाल्न स्वास्थ्यका हिसावले योग्य भएको रिपोर्ट चिकित्सकहरुले दिएका थिए । हिड्ने क्रममा हुने असन्तुलन र बोल्ने बेलामा घाँटी सफा गर्ने तथा खोक्ने समस्याबारे पनि चिकित्सकले रिपोर्ट दिएका थिए । उक्त समस्याका लागि थप उपचारको जरुरत नभएको रिपोर्ट सार्वजनिक गरिएको थियो ।

सन् २०२० को नोभेम्बरमा भएको चुनावमा डोनाल्ड ट्रम्पलाई पराजित गर्दा नै बाइडेन सबैभन्दा बढी उमेरमा निर्वाचित हुने अमेरिकी राष्ट्रपति थिए । सन् २०२४ को चुनाव उनको ८२ औं जन्मदिनभन्दा १५ दिन अगाडि हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com