अमेरिकामा ५ जनाको ज्यान जानेगरी गाडी जोत्ने चालकबिरुद्ध पहिलो डिग्रीका ५ अभियोगमा मुद्दा


प्रकाशित मिति : मंसिर ६, २०७८ सोमबार

अमेरिकाको विसकन्सिन वाकेसामा क्रिममस परेडको दौरान ५ जनाको ज्यान जानेगरी गाडी जोत्ने अभियुक्तलाई पहिलो डिग्री आशययुक्त नरसंहारको मुद्दा चलाइने भएको छ । ३९ बर्षीय ड्यारेल बु्रक्सलाई पाँचवटा अभियोगमा  पहिलो डिग्री हत्याको मुद्दा चलाइने भएको छ । जसमा आजिवन कारावाससम्मको सजाय हुनसक्छ ।

सेन्ट्रल समय अनुशार मंगलबार दिउसो ४ बजे अभियुक्तलाई वाकेसा काउन्टी अदालतमा पेश गरिने भएको छ । अभियुक्तले विगतमा पनि कैयन अपराधहरु गरेको रेकर्ड रहेको र यसै महिनाको सुरुमा १ हजार डलर धरौटीमा रिहा गरिएको समेत खुलासा भएको छ । आइतबार वाकेसामा परेडमा जोतेको गाडीले नै एकजना महिलालाई ठक्कर दिएको अभियोगमा पक्राउ परेको अभियुक्तलाई नोभेम्बरको सुरुमा एकदम कम रकम धरौटीमा रिहा गरिएको थियो ।

आइतबारको घटनामा ४८ जना घाइते भएका छन् जसमध्ये १८ जना बालबालिकाहरु रहेका छन् । २ जना बालबालिकाहरुको अवस्था चिन्ताजनक रहेको छ भने १० जना बालबालिकाहरु आईसीयुमा रहेका छन् । घाइते बालबालिकाहरुमा कैयन एकै परिवारका रहेका छन् ।

बु्रक्सले चलाएको रातो एसयुभी गाडी सडकमा रहेका बारहरु तोड्दै परेड आयोजना गरिएको मुख्य स्थलमा पुग्दा कैयनलाई ठक्कर दिएको थियो । मान्छेहरु गाडीको ठक्करबाट सडकभरी लडेका थिए । उत्सव एकैछिनमा कोलाहलमा परिणत भएको थियो । घटना आइतबा।र स्थानीय समय अनुशार दिउसो ४ बजेर ३९ मिनेटमा भएको थियो ।

मान्छेको भींडमा गाडी जोत्ने चालकलाई रोक्न प्रहरीले केही राउण्ड गोली समेत चलाएको थियो । प्रहरीको गोली लागेर कोही पनि घाइते भएका छैनन् । भींडमा जोतिएको गाडीबाट पनि गोली भने चलाइएको थिएन ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com