अमेरिकाको विसकन्सिनको क्रिसमस परेडमा गाडी जोत्दा ५ को मृत्यु, ४० भन्दा बढी घाइते


प्रकाशित मिति : मंसिर ६, २०७८ सोमबार

अमेरिकाको विसकन्सिन वाकेसामा क्रिममस परेडमा गाडी जोत्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा धेरै घाइते भएका छन् । कैयन घाइतेहरु अस्पतालहरुमा आफै लगिएकाले घाइतेहरुबारे थप विवरण आउन बाँकी रहेको छ ।

रातो एसयुभी गाडी सडकमा रहेका बारहरु तोड्दै परेड आयोजना गरिएको मुख्य स्थलमा पुग्दा कैयनलाई ठक्कर दिएको थियो । मान्छेहरु गाडीको ठक्करबाट सडकभरी लडेका थिए । घटना स्थानीय समय अनुशार दिउसो ४ बजेर ३९ मिनेटमा भएको जनाइएको छ ।

घटनाका मृतक र घाइतेहरुको पहिचानका लागि काउन्टीको मेडिकल एक्जामाइनरको कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा एकजनालाई हिराशतमा लिइएको छ । गाडीको चालकलाई हिराशतमा लिइएको छ वा छैन भन्नेबारे केही बताइएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले आइतबार राती पत्रकारहरुलाई बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घाइतेहरुमा बालबालिकाहरु समेत रहेका छन् । मान्छेको भींडमा गाडी जोत्ने चालकलाई रोक्न प्रहरीले केही राउण्ड गोली समेत चलाएको थियो । प्रहरीको गोली लागेर कोही पनि घाइते भएका छैनन् । भींडमा जोतिएको गाडीबाट पनि गोली भने चलाइएको थिएन । आइतबारको घटना आतंकवादसँग सम्बन्धित भए नभएकोबारे अझै केही स्पष्ट भएको छैन ।

अउरोसा मेडिकल सेन्टरमा मात्र आइतबार राती १३ जनाको उपचार भइरहेको छ । जसमध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको छ भने ४ जनाको गम्भिर रहेको छ । ६ जनाको अवस्था सामान्य रहेको छ । मिलाउकीको बाल अस्पतालमा १५ जना बालबालिकाहरुको उपचार भइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com