एटलान्टा विमानस्थलमा बन्दुक पड्केपछि बन्दुक बोकेर भागेको बन्दुकधारी अझै फरार, प्रहरीबाट तीब्र खोजी


प्रकाशित मिति : मंसिर ५, २०७८ आईतबार

विश्वकै व्यस्त मध्येको एक अमेरिकाको एटलान्टामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनावश हतियार पड्केपछि हतियारसहित भागेको बन्दुकधारी अझै फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले बन्दुक बोकेर भागेको ४२ बर्षीय केनी वेल्सको खोजी गरिरहेको छ ।

बन्दुक पड्काउने र लापरवाहीपूर्ण बन्दुक परिचालन, दोषी अपराधीका हातमा बन्दुक लगायतका अभियोगमा प्रहरीले ती व्यक्तिलाई खोजी गरिरहेको छ । अमेरिकाको विमानस्थलमा सुरक्षाजाँचबाट बन्दुक लैजानु गैरकानूनी रहेको छ ।

शनिबार दिउसो हार्टसफिल्ड ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य सुरक्षा जाँच नजिकै हतियार पड्कदा विमानस्थल तनावग्रस्त भएको थियो । हतियारबाट कोही पनि घाइते भएनन् तर भागदौडमा तीनजना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।

केनी वेल्स नामको यात्रुले सुरक्षा जाँच गराइरहदा कसैले उनको झोलामा हतियार रहेको बताएपछि हतियार बाहिर निकाल्न खोज्दा दुर्घटनावश पड्केको थियो । त्यसपछि आएको आवाजले विमानस्थल तनावग्रस्त भएको थियो भने वेल्स हतियार बोकेर विमानस्थलबाट भाग्न सफल भएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विमानस्थलमा भएको भागदौडका कारण केहीबेर उडानहरु स्थगित गरिएको थियो । स्थानीय समय अनुशार दिउसो साढे १ बजे उक्त घटना भएको हो ।

थ्यांक्सगिभिङको बेलामा भएको उक्त घटनाले विमानस्थलमा भएका यात्रुहरु कुनै गोलीकाण्डको त्रासले आत्तिएका थिए । शुक्रबारमात्र टीएसएले २२ लाखभन्दा धेरै यात्रुको सुरक्षा जाँच गरेको थियो । जुन महामारी सुरु भएयता उक्त विमानस्थलमा गरिएको सबैभन्दा धेरै सुरक्षा जाँच हो । सप्ताहन्त भएकाले शनिबार पनि ठूलो संख्यामा यात्रुहरुले उक्त विमानस्थलबाट यात्रा गरिरहेका थिए ।

मान्छेहरु हलवेतिर दौडेको देख्दा सुरुमा विमान छुट्ने डरले उनीहरु दौडेको जस्तो लागेको तर धेरैभन्दा धेरै मान्छे दौडेको देखेपछि आफूपनि आत्तिएको एक प्रत्यक्षदर्शीले बताए । मान्छेहरु चिच्याउदै दौडेको र कसैलाई सोध्दा गोली चलेको भन्दै भाग्न भनेपछि आफूपनि भागेको ती प्रत्यक्षदर्शीले बताए ।

विमानस्थलका कर्मचारीहरुले सबैलाई शान्त राख्न प्रयास गरेका थिए । आत्तिएका यात्रुहरु भित्तामा आड लागेर बसेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com