पेरिसको नोट्रे डाम आगलागीको दुईबर्षपछि अर्को ल्याण्डमार्कमा भीषण आगलागी


प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार

पेरिसमा रहेको विश्व प्रसिद्ध नोट्रे डाम क्याथ्रेडलमा आगलागी भएको दुईबर्षपछि पेरिसकै अर्को प्रसिद्ध ल्याण्डमार्कमा आगलागी भएको छ । मध्य पेरिसको प्लेस डे लोपेहा स्क्वायर नजिकैको ब्लुभर्ड डे क्यापसिनोको भवनमा शनिबार ठूलो आगलागी भएको छ ।

आगलागीपछि आकाशमा धुँवाको मुस्लो देखिएको छ । अग्नीनियन्त्रकहरुले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको भन्दै उक्त क्षेत्रमा नजान सर्वसाधारणहरुलाई सुचित गरिएको छ । के कारणले आगलागी भएको हो भन्नेबारे स्पष्ट छैन ।

चर्चित ओपेरा हाउस नजिकै आगलागी भएको जनाइएको छ । सयौं अग्नीनियन्त्रकहरु घटनास्थलमा खटिएका छन् ।

सन् २०१९ को अप्रिलमा नोट्रे डाम क्याथेड्रल आगलागीबाट ध्वस्त भएको थियो । १५ घण्टासम्म भएको आगलागीमा क्याथेड्रलमा उल्लेख्य क्षति भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आठ सय वर्ष भन्दा पुरानो ऐतिहासिक चर्चमा आगलागी भएपछि आगोले चर्चको माथिल्लो भाग खरानी बनाएको थियो । चर्चको दुई बेल टावर भने जोगिएको थियो । फ्रान्सेली राष्ट्रपति इम्मानुयल म्याक्रोनले चर्चमा आगो लाग्दा पुरै देश जलिरहेको जस्तो लागेको बताएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com