अमेरिकामा दुईजनाको ज्यान जानेगरी गोली चलाएका टीनएजरले पाए अदालतबाट उन्मुक्ति


प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार

अमेरिकामा चर्चित मुद्दाका अभियुक्त १८ बर्षका काइल रिटेनहाउसलाई ५ वटै अभियोगमा उन्मुक्ति दिइएको छ । उनले सन् २०२० को अगस्त २५ मा विसकन्सिनको केनोसामा जातीय न्यायका लागि भएको प्रदर्शनमा गोली चलाउँदा २ जनाको ज्यान गएको थियो भने १ जना घाइते भएका थिए ।

गोली चलाउँदा १७ बर्षका रहेका रिटेनहाउसले आत्मरक्षाका लागि गोली चलाएको बयान दिएका थिए । आफ्नो जीवन जोखिममा रहेको त्रासका कारण उनले गोली चलाएको उनको प्रतिरक्षामा बताइएको थियो । रोटेनहाउसले चलाएको गोली लाग्दा ३६ बर्षका जोसेफ रोजेनबम र २६ बर्षका एन्थोनी हबरको मृत्यु भएको थियो एकजना घाइते भएका थिए । गोली चलाउने रिटेनहाउस र गोली लागेकाहरु सबै श्वेत हुन् ।

प्रत्यक्षदर्शीका अनुसार केनोसा निवासी जोसेफ रोजेनबामले काइल रिटेनहाउसलाई पछ्याएका थिए । अचानक कोही तेश्रो पक्षले हावामा गोली हानेको थियो। त्यसपछि काइल रिटेनहाउस डराएका थिए । त्यसैबीच रोजेनबमले उनलाई प्रहार गरे । त्यसपछि रिटेनहाउसले रोजेनबममाथि गोली चलाए ।

त्यसपछि दौडिरहेका रिटेनहाउसमाथि अचानक एकजना व्यक्तिले लात हाने । रिटेनहाउसले ती उनीमाथि गोली चलाए । पछि एन्थोनी हबरले रिटेनहाउसको बन्दुक खोस्ने प्रयास प्रयास गर्दा रिटेनहाउसले हबरमाथि पनि गोली चलाए । अन्तमा ह्यान्डगन समातेका गेज ग्रोसक्रेट्जलाई पनि रिटेनहाउसले दाहिने बाइसेपमा गोली हाने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रिटेनहाउसबिरुद्ध आशययुक्त नरसंहार लगायतका ५ वटा अभियोगहरु लगाइएको थियो । यी अभियोगहरु पुष्टी भएको भए उनीबिरुद्ध अनिवार्य आजिवन कारावाशको सजाय हुने थियो । तर ७ जना महिला र ५ जना पुरुषसहितको १२ जनाको जुरी टिमले उनलाई सबै अभियोगमा उन्मुक्ति दिएको छ । पाँचपटकसम्म उनी निर्दोष रहेको फैसला उच्चारण गरिदा टीनएजर काइल रिटेनहाउस काप्दै भक्कानिएका थिए भने झण्डै ढलेका थिए ।

अदालती कारवाहीका क्रममा भिडियोका फ्रेमहरु समेत देखाइएको थियो । रिटेनहाउसका वकिलले आफूमाथि भएको आक्रमणबाट बच्न रिटेनहाउसले गोली चलाएको तर्क गरेका थिए । तर उनले किन कर्फयु आदेश तोडेर आफूले राम्रोसँग नचिनेका व्यक्तिको संरक्षणका लागि भन्दै गए भन्नेबारे प्रश्न उठेको थियो ।

अमेरिकामा बन्दुक हिंशा र जातीय भेदभावका सन्दर्भमा उच्च बहस श्रृजना गरेको यो मुद्दाको फैसलाका बारेमा समेत विभिन्न खाले प्रतिकृयाहरु सार्वजनिक भएका छन् । रिटेनहाउसले चलाएको गोली लागेर ज्यान गुमाएका २६ बर्षका एन्थोनी हबरका बुबाआमाले आफ्ना छोराको हत्याका लागि कसैलाई पनि जिम्मेबार नठहराइएको भन्दै दुख व्यक्त गरेका छन् ।

न्युयोर्कका मेयर बिल ब्लाजिओले अदालतको फैसलालाई घृणित बताएका छन् । तर विसकन्सिनका सिनेटर लगायतका रिपब्लिकनहरुले भने फैसलाको स्वागत गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू लगायत धेरै अमेरिकनहरुलाई यो फैसलाले आक्रोशित तुल्याएपनि जुरी बोलिसकेकाले शान्तिपूर्ण तरिकाले आफ्ना विचारहरु व्यक्त गर्न आव्हान गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com