बाइडेनबाट उपराष्ट्रपति ह्यारिसलाई अस्थायीरुपमा राष्ट्रपतिको शक्ति हस्तान्तरण


प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार

शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नियमित क्लोनोस्कोपीका दौरानमा केहीबेरका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको शक्ति हस्तान्तरण गरेका छन् । केबल छोटो समयका लागिमात्र भएपनि कमला ह्यारिस राष्ट्रपतिको शक्ति प्राप्त गर्ने अमेरिकी इतिहासमा नै पहिलो महिला र पहिलो एसियन अमेरिकन भएकी छिन् ।

आज विहान वाल्टर रिड अस्पतालमा उपचारका क्रममा राष्ट्रपति बाइडेनलाई केहीबेर अचेत बनाइएकाले उक्त अवधिका लागि राष्ट्रपतिको शक्ति हस्तान्तरण गरिएको हो । राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा पनि सन् २००२ र २००७ मा यस्तै घटना भएको थियो । संविधानको प्रकृयाको पालना गर्दै एनेस्थेसियामा रहेको अवस्थाका लागि बाइडेनले राष्ट्रपतिको शक्ति हस्तान्तरण गरेका छन् ।

बाइडेनको अमेरिकी संविधानको २५ औं संसोधनको सेक्सन ३ को प्रयोग गरेर शक्ति हस्तान्तरण गरेका हुन् । यो प्रावधान अनुशार राष्ट्रपतिले सिनेटका अस्थायी अध्यक्ष र हाउस स्पीकरलाई आफू शक्ति प्रयोग गर्न अक्षम रहेको व्यहोराको लिखित घोषणा दिनुपर्छ । र कार्यवाहक राष्ट्रपतिका रुपमा उपराष्ट्रपतिलाई शक्ति हस्तान्तरण गर्नुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शनिबार ७९ बर्ष पुग्न लागेका बाइडेनको जन्मदिनको एकदिन अगाडि नियमित स्वास्थ्य जाँच गर्न गरिएको छ । राष्ट्रपति भइसकेपछि यो उनको पहिलो नियमित स्वास्थ्यजाँच हो ।

राष्ट्रपति बाइडेनले विहान ११ बजेर ३५ मिनेटमा उपराष्ट्रपति ह्यारिस र ह्वाइटाउसका चिफ अफ स्टाफसँग कुरा गरेको र आफ्नो कार्यभार पुन सम्हालेको ह्वाइटहाउसले जनाएको छ । उनले केही समय अस्पतालमा नै आराम गर्ने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com