यस्तो देखियो ५८० बर्षपछिको दुर्लभ चन्द्रग्रहण, फोटो र भिडियो समेत


प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार

अमेरिकी समय अनुशार शुक्रबार विहान ५८० बर्षपछिको दुर्लभ चन्द्रग्रहण देखिएको छ । यसप्रकारको लामो खण्डग्राश चन्द्रग्रहण ५८० बर्षमा देखिएको खगोलविदहरुले जनाएका छन् ।

ग्रहण उच्चबिन्दुमा पुग्नु अगाडि यस्तो देखिएको थियो । उच्च बिन्दुमा पुगेपछि चन्द्रमा लगभग पूरै छोपिएको थियो ।

खण्डग्राश चन्द्रग्रहण भएपनि चन्द्रमाको अधिकांश भागमा ग्रहण लागेको छ । पृथ्वीको छायाका कारण चन्द्रमाको ९७ प्रतिशत भाग रातो रंगमा बदलिएको लस एन्जलसको ग्रिफित अवलोकनले जनाएको छ ।

ग्रहणका बेला चन्द्रमा कस्तो देखिएको थियो ? पूरै भिडियो यहाँ हेर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्रहण उच्च बिन्दुमा पुग्दा चन्द्रमाको सानोभागमात्र चम्केको देखिएको थियो । आजको चन्द्रग्रहण यो बर्षको पहिलो भने होइन, गत मेमा पनि चन्द्रग्रहण लागेको थियो । तर आजको भने विशेष हो ।

पूरै अवधि ६ घण्टाभन्दा लामो समयको रहेपनि मुख्य अवधि भने ३ घण्टा २८ मिनेटसम्म थियो । सन् १४४१ यताकै सबैभन्दा लामो खण्डग्राश चन्द्रग्रहण न्युयोर्क समय अनुशार शुक्रबार विहान १ बजेर २ मिनेटमा सुरु भएको थियो भने ४ बजेर २ मिनेटमा उच्च बिन्दुमा पुगेको थियो ।

जब चन्द्रमा र सूर्यकोबीचबाट पृथ्वी गुज्रेर जान्छ, तब पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्रग्रहण लाग्छ । जसरी खग्राश सूर्यग्रहणमा पूरै सूर्य छोपिएर अन्धकारजस्तो अवस्था आउँछ, चन्द्रग्रहणमा भने त्यस्तो अवस्था आउँदैन । त्यसको साटो चन्द्रमामा फरक प्रकारको रातो चमक देखिन्छ ।

रातो रंगका कारण यसलाई ब्लड मुन समेत भनिन्छ । आजरातीको चन्द्रग्रहण उत्तर अमेरिकाबाट हेर्न सकिनेछ । दक्षिण अमेरिका, हवाई र रसियाको केहीभागबाट समेत यो चन्द्रग्रहण हेर्नसकिनेछ । अष्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, चीन र दक्षिणपूर्वी एसियाका देशबाट पनि १९ नोभेम्बर शुक्रबार बेलुका यो चन्द्रग्रहण हेर्न सकिनेछ ।

यो चन्द्रग्रहण नांगो आँखाले पनि हेर्न सकिनेछ । नजिकबाट हेर्नका लागि बाइनाकुलर वा टेलिस्कोपको समेत प्रयो गर्न सकिनेछ । खराब मौषमका कारण आकाशमा हेर्न नसक्नेहरुले अनलाइनमा हेरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com