विमानस्थलमा अष्ट्रेलियाली महिलाहरुलाई निर्वस्त्र बनाएर जाँचेपछि…


प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार

आफूहरुलाई निर्वस्त्र बनाएर दोहा विमानस्थलमा शरीर जाँचेपछि विमानका यात्रु अष्ट्रेलियाली महिलाहरूले कतारमाथि मुद्दा दायर गर्ने भएका छन्। हमाद विमानस्थलमा एउटा भर्खरै जन्मिएको शिशु भेटिएपछि ती महिलाहरूमध्ये कसैले बच्चा जन्माएर  फालेको हो कि भन्ने आशंकमा उनीहरुलाई निर्वस्त्र पारेर विमानस्थलमा जाँच गरिएको थियो ।

तर, उनीहरुबाट त्यस्तो कुनै खालको शंका नभेटिएपछि महिलाहरुमानसिक पीडित बन्न पुगेका थिए । त्यसपछि उनीहरुले आफूमाथि भएको यस्ता दूव्र्यवहार राज्यद्वारा स्वीकृत आक्रमण भनेका थिए । र त्यसको सर्वत्र विरोध भएको थियो।

नाम नबताउने सर्तमा पीडित एक महिलाले पछि आफूमाथि सबैभन्दा भयानक शारीरिक परीक्षण गरिएको बताएकी थिइन्। उनका अनुसार बन्दुक बोकेका धेरै पुरुषमध्ये कुनैले आफूलाई मार्लान् जस्तो लागेको थियो । विमानमा रहेका आफ्नो पतिलाई पनि मार्छन् जस्तो लागेको आफ्नो वकिलमार्फत दिएको विज्ञप्तिमा उनले बीबीसीमा भनेकी छन् ।

करिब पाँच मिनेट जतिको भयानक डरलाग्दो शारीरिक परीक्षणपछि ती महिलाहरूलाई पुनः विमानमा चढाइएको उनले बताएकी छन् ।अस्ट्रेलियामा अवतरण गरेपछि केही महिलाले यसबारे प्रहरीलाई उजुरी दिएका थिए जसको कारण घटनाको थुप्रै राष्ट्रले निन्दा गरेका थिए।त्यस बेला कतारमा प्रधानमन्त्री खालिद बिन खालिफा बिन अब्दुलअजिज अल थानी थिए । उनले ट्वीट गर्दै माफी पनि मागेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि कतारले आपराधिक छानबिनपश्चात् एक अधिकारीलाई निलम्बित गरेर जेल सजाय दिएको थियो। तर तीमध्ये सात महिलाका वकिल डामियन स्टुर्जाकरले बीबीसीलाई उनीहरूले कतारी अधिकारीसँग कुरा गर्न खोज्दा कुनै जवाफ नपाएको बताएका छन्।

आफूहरुले कतारले माफीसँगै आगामी दिनमा फेरि यस्तो घटना नघटोस् भनेर भन्नका लागि विमानस्थलको नियममा परिवर्तन चाहेको ती महिलाले बताइन् । र, यस विषयमा आफूहरुले कतार सरकार, कतारको नागरिक उड्डयन प्राधिकरण र कतार एअरवेजसँग आक्रमण, अनधिकृत घुसपैठ र झूटो जेल सजायको क्षतिपूर्ति समेत मागेको उनले बताइन्।

तर, सो घटनाका कारण मानसिक समस्या भोगिरहेकी महिलाले कतारी सरकारले केही नगरेका कारण आफूहरू मुद्दामा जान लागेको बताएकी छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com