अमेरिकाको ल्याबमा फ्रिजर सफा गर्दा भेटिए ३०० मिलियनको ज्यान लिएको खतरनाक भाइरसका शीशी


प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार

अमेरिकाको पेन्सिलभेनियामा एउटा शोधकेन्द्रमा फ्रिजर सफा गर्दा खतरनाक भाइरसका शीशीहरु भेटिएपछि एफबीआई जाँच सुरु गरेको छ । पेन्सिलभेनियाको फिलाडेल्फियामा रहेको मेरेकको शोधकेन्द्रमा बिफरका भाइरसले भरिएका शीशीहरु भेटिएका हुन् । १५ वटा शीशीहरुमध्ये ५ वटामा बिफर लिएको थियो ।

ल्याबका कर्मचारीले मंगलबार राती फ्रिजर सफा गर्दा दुर्घटनावश ती शीशीहरु भेटाएका थिए । उक्त भाइरसका कारण सन् १९०० को शताब्दीमा बिफरबाट ३ सय मिलियनभन्दा बढीको ज्यान गएको थियो भने आम भ्याक्सिन अभियानबाट उन्मुलन गरिएको थियो ।

ती नमुनाहरु रसिया र एटलान्टामा रहेका विश्वका दुईवटा ल्याबहरुमा मात्र भण्डारण गर्नुपर्नेमा पेन्सिभेनियाको ल्याबमा कसरी ल्याइयो भन्नेबारे एफबीआईएले अनुसन्धान गरिरहेको छ । एटलान्टामा रहेको सीडीसीको मुख्यालय र रसियाको भेक्टर प्रतिष्ठानमामात्र ती भाइरसका नमुनाहरु राख्न अनुमति रहेको एफबीआईएले जनाएको छ ।

सन् १९७३ मा बिफरबाट बंगालादेशमा पीडित एक बालिका ।

अधिकांश अमेरिकनहरुले बिफरबिरुद्धको भ्याक्सिन लगाएका छैनन् । १० वटा शीशीहरुमा भ्याक्सिनिया लेखिएको थियो तर ती शीशीहरुमा बिफरको भ्याक्सिन बनाउन प्रयोग भएका भाइरस रहेको जनाइएको छ । बिफर ब्यापक भ्याक्सिन अभियानपछि सन् १९८० मा उन्मुलन भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो समाचार पहिलोपटक याहु न्यूजले प्रकाशित गरेको थियो । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई पठाइएको गोप्य अलर्ट याहु न्यूजले फेला पारेपछि उक्त घटनाबारे सार्वजनिक भएको हो । ती शीशीहरु कसरी पेन्सिलभेनियाको मेरेक लयाबमा आइपुगे भन्नेबारे अझै केही खुलेको छैन ।

भाइरसका शीशीहरु भेटिएपछि ती शीशीहरु तत्कालै सुरक्षित गरिएको छ भने मेरेक ल्याब लकडाउन गरिएको थियो । बुधबार बेलुकादेखि ल्याबमा गरिएको लकडाउन हटाइएको छ । सीडीसीले ती शीशीमा भएका भाइरससँग कसैको पनि हेलमेल नभएको जनाएको छ । ती शीशीहरु भेटाउने कर्मचारीले पञ्जा र मास्क लगाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com