गर्भ खेर जाँदा अमेरिकी महिला जेल जानुपर्छ !


प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार

गर्भ खेर जाँदा हत्याको आरोपमा अमेरिकी महिलाहरू जेल पुग्ने गरेका छन् । गर्भ खेर गएकी ओक्लाहामाकी एक आदिवासी अमेरिकी महिलालाई मानवहत्याको आरोप लागेको थियो । उनलाई सो आरोप लाग्दा कैयौँ मानिसहरूमा आक्रोश पैदा भयो । तर अमेरिकामा यस्तो त्यस्तो अभियोग खेप्ने उनी मात्र एक्ली महिला भने होइनन्।

सन् २०२० को ज्यानुअरीमा उनले अस्पतालमा आफ्नो बच्चा गुमाउँदा ब्रिट्नी पूलोले गर्भधारण गरेको चार महिना मात्र भएको थियो। गत अक्टोबरमा उनलाई आफ्नो जन्मिनै नपाएको छोराको हत्या गरेको अभियोगमा दोषी ठहर्‍याइयो र उनले चार वर्षको जेल सजाय पाइन्।

गर्भपतन हुने अवस्थामा उनी कसरी पुगिन् र उनलाई भ्रूणहत्याको अभियोगमा कसरी जेल हालियो भन्ने विषय अनलाइन र सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ।

कतिपयले सामाजिक सञ्जालमा उनलाई ‘प्रेग्नन्सी लस अवेअरनेस’ महिनामै दोषी ठहर गरिएको भन्दै प्रश्न पनि उठाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा अक्टोबरलाई गर्भ खेर जाने कुराबारे चेतना जगाउने महिनाका रूपमा लिइन्छ।

अरूले उक्त घटनालाई मार्गरेट एट्‌वुडको उपन्यास ‘द ह्यान्डमेड्स टेलुसँग तुलना थिए । उनी स्वयम्ले समेत अस्पतालमा उपचारका लागि आउँदा गर्भावस्थामा अवैध औषधिको प्रयोग गरेको स्वीकारे गरेकी थिइन् ।

अन्तराष्ट्र्रिय सञ्चारमाध्यम बीबीसीले प्राप्त गरेको चिकित्सकीय परीक्षकको प्रतिवेदनमा उनको नजन्मिएको छोराको कलेजो र मस्तिष्कमा मेथाम्फेटमीन नामक द्रव्य पाइएको उल्लेख गरिएको छ।

तर ती परीक्षकले भ्रूणको मृत्युको कारण निर्धारण भने गरिएको छैन । आनुवंशिक विसङ्गति, गर्भाशयबाट साल छुट्टिँदा वा गर्भवती महिलाले मेथाम्फेटमीन प्रयोग गर्दा गर्भपतन हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै परीक्षकले मृत्युको स्पष्ट कारण निर्क्योल गरेनन्।

पूलोका वकिलले उनलाई दोषी ठहर गर्ने निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएका छन्। उनको मुद्दालाई अदालतसम्म पुर्‍याउने अभियोजनकर्ताले चाहिँ प्रक्रिया चलिरहेको भन्दै प्रतिक्रिया दिन चाहेनन्।

यद्यपि पूलोको कथा त मूल समस्याको एउटा सानो पाटो मात्र भएको छनोटको अधिकारबारे वकालत गर्ने एउटा समूह न्याश्नल एड्भोकेट्स अफ प्रेग्नन्ट वूमन (एनएपीडब्ल्यू) की उपकार्यकारी निर्देशक डाना सस्मनले भनिन्।

‘ब्रिट्नीको मामिलाले वास्तवमै छोयो, तर यो त्यति असामान्य होइन जति मानिसहरूले ठानेका थिए’, उनले भनिन्।

उक्त संस्थाले पूलोको पुनरावेदनका लागि सहयोग गरिरहेको छ र अमेरिकामा गर्भवती महिला पक्राउ परेका तथा बलपूर्वक हस्तक्षेप गरिएका घटना खोज्ने गरेको छ।

सन् १९७३ देखि २०२० सम्ममा एनएपीडब्ल्यूले त्यस्ता खालका १,६०० वटा घटनाको विवरण राखेको छ। तीमध्ये १,२०० त विगत १५ वर्षका मात्र छन्।एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com