अमेरिकामा कोरोना प्रभावित व्यवसायलाई प्रदान गरिने रकम अझै बाँकी, म्याद डिसेम्बर ३१ सम्म


प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार

अमेरिकामा कोरोना महामारीबाट प्रभावित व्यवसायलाई प्रदान गरिदै आएको कोरोना सम्बन्धित ऋण कार्यक्रम डिसेम्बर ३१ मा सकिने भएको छ । अहिलेसम्म पनि एसबीएबाट प्रदान गरिने इकोनोमिक इन्जुरी डिसास्टर लोनका लागि आवेदन नदिएका आवेदकहरुले डिसेम्बर ३१ सम्म आवेदन दिनसक्ने एसबीएले जनाएको छ ।

व्यवसायलाई प्रदान गरिने इकोनोमिक इन्जुरी डिसास्टर लोन र फिर्ता गर्न नपर्ने १० हजार डलसम्मको टार्गेटेड इकोनोमिक इन्जुरी डिसास्टर लोन एड्भान्स दुबै कार्यक्रम सन् २०२१ को अन्तिममा सकिदैछन् । डिसेम्बर ३१ सम्म इकोनोमिक इन्जुरी डिसास्टर लोनका लागि साना व्यवसाय संचालकहरुले दिएका आवेदन त्यसपछि पनि एसीबीएले प्रकृयामा लैजाने भएको छ ।

एसीबीएका अधिकारी इशाबेल गुजमानले नोभेम्बर १६ को सुनुवाईमा एसबीएसमक्ष वितरण हुन बाँकी रकम अझैपनि प्रयाप्त रहेको बताएका छन् । तर सुरुमा १० हजार डलर तिर्न नपर्ने सहायताका लागि योग्य भएका र पछि थप ५ हजार डलर सहायता पाउनसक्ने व्यवसायहरुका लागि भने आवेदन दिने म्याद अझ कम रहेको छ । उनीहरुले तत्काल आवेदन दिएको खण्डमा सन् २०२१ को अन्तिमसम्म ५ हजार डलरको सहायता वितरण गरिने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०२० मा कोरोना महामारी आइसकेपछि अमेरिकी सरकारले कोरोना प्रभावित साना व्यवसायहरुका लागि विभिन्न कार्यक्रहरु ल्याएको छ । ट्रम्प प्रशासनका पालामा ल्याइएको उक्त कार्यक्रममा बाइडेन प्रशासनका पालामा थप सुविधाहरु बढाइएको थियो । सुरुमा ऋण प्राप्त गरेका साना व्यवसायहरुलाई रकम बढाउने अवशर समेत प्रदान गरिएको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com