कोलोराडोमा स्कुल नजिकैको पार्कमा ६ विद्यार्थीमाथि गोली प्रहार, बन्दुकधारीहरु फरार


प्रकाशित मिति : कार्तिक २९, २०७८ सोमबार

कोलोराडोमा अरोरामा रहेको हाइस्कुल नजिकैको पार्कमा बन्दुधकारीहरुले ६ जना विद्यार्थीहरुमाथि गोली हानेको प्रहरीले जनाएको छ । अरोरा सेन्ट्रल हाइस्कुलका विद्यार्थीहरुमाथि गोली प्रहार भएको र ६ जनालाई अस्पताल लगिएको छ ।

घाइतेहरु १४ देखि १८ बर्षसम्मका भएको जनाइएको छ । घाइतेमध्ये एकजनाले गाडी चलाएर अरु घाइतेहरुलाई अस्पताल लगेका थिए । फरक फरक बन्दुकबाट गोली हानिएको र घटनास्थलमा धेरै शंकास्पद गाडीहरु रहेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

केही व्यक्तिले चलिरहेका गाडीबाटै गोली चलाएको र केही व्यक्ति बाहिर सडकमा समेत रहेको प्रत्यक्षदर्शीको भनाई छ । दिउसो १२ बजेर ४५ मिनेट जाँदा उक्त घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरु कसैको पनि अवस्था ज्यानै जाने खालको नभएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाइस्कुल भन्दा उत्तरतिरको नोमपार्कमा घटना भएको जनाइएको छ । यो पार्क सानो खेलमैदान र सामुदायिक बगैचा रहेको शुन्य दशमलव ८ एकडमा फैलिएको पार्क हो । पार्कमा दर्जनौंपटक गोली चलेको प्रत्यक्षदर्शीको भनाई छ । कम्तीमा ३० राउण्डसम्म गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् ।

बन्दुकधारीहरु फरार रहेकाले प्रहरीले कुनै सुचना भएमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ । घटना के कारणले भएको हो भन्नेबारे अझै केही खुलेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com