विशेष समारोहका बीच बाइडेनबाट पूर्वाधार प्याकेजमा हस्ताक्षर, प्याकेजमा के छ ?


प्रकाशित मिति : कार्तिक २९, २०७८ सोमबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले आज विशेष समारोहकाबीच १ दशमलव २ ट्रिलियन डलरको ऐतिहासिक द्वीपक्षीय पूर्वाधार प्याकेजमा हस्ताक्षर गरेका छन् । अब यो प्याकेजले अमेरिकामा आगामी ५ बर्षका लागि पूर्वाधार विकाशमा ५ सय ५० बिलियन डलरको नयाँ लगानी गर्नेछ । यो लगानी बाटोघाटो, पूल, यातायात, ट्रेन, एयरपोर्ट, पोर्ट र जलमार्ग लगायतका क्षेत्रमा हुनेछ ।

जसमध्ये ११० बिलियन बाटो, पूल र मुख्य पूर्वाधार परियोजनामा खर्च गरिनेछ भने ४० बिलियन डलर पूलको मर्मत, प्रतिस्थापन र पुनस्र्थापनामा खर्च गरिनेछ । ११ बिलियन डलर यातायात सुरक्षाका क्षेत्रमा खर्च गरिनेछ । जसमा दुर्घटना कम गर्ने कार्यक्रमहरु ल्याउने लगायत छन् ।

प्याकेजमा अमेरिकाको ब्रोण्डब्याण्ड पूर्वाधार सुधारका लागि ६५ बिलियन डलर समावेश गरिएको छ । पानी र विद्युत प्रणाली सुधारका लागि पनि दशौं बिलियन डलर छुट्याइएको छ । विद्युतीय गाडीको चार्जरका लागि देशब्यापी सञ्जाल विकाशका लागि समेत साढे ७ बिलियन डलर छुट्याइएको छ ।

यो बिल सुरुमा गत अगस्तमा ६९ मतका साथ सिनेटबाट पारित भएको थियो भने विपक्षमा ३० मत परेको थियो । गत नोभेम्बर ५ मा १३ जना रिपब्लिकन सांसदहरुले साथ दिएपछि यो बिल प्रतिनिधिसभाबाट पनि पारित भएको थियो । अमेरिकाको अर्थतन्त्रका सन्दर्भमा राष्ट्रपति बाइडेनले चालेका कदमप्रति असहमति जनाउँदै बाइडेनको लोकप्रियताका कमी आइरहेको विभिन्न सर्वेक्षणले देखाइरहेको सन्दर्भमा विशेष समारोहका बीच यो प्याकेजमा गरिएको हस्ताक्षरले बाइडेनको लोकप्रियता बढ्नसक्ने अनुमान गरिएको छ । ्

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्याकेज हस्ताक्षर समारोहमा सांसदहरु, गभर्नरहरु र दुबै पार्टीका मेयरहरुको उपस्थीति रहेको थियो । यो बिल पारित हुनुलाई अमेरिकी संसदमा उल्लेख्य दुईदलीय जीतका रुपमा हेरिएको छ । यो बिल अमेरिकी इतिहासमा नै पूर्वाधार विकाशका क्षेत्रमा एकैपटक गरिने सबैभन्दा ठूलो लगानी हो ।

यो बिल डेमोक्र्याट्स र रिपब्लिकनहरु एकसाथ आएर परिणाम ल्याउन सक्ने कुरा प्रमाणित गरेको राष्ट्रपति जो बाइडेनले बताएका छन् । बाइडेनले बिल पारित गर्न सहयोग गरेकोमा उपराष्ट्रपति कमला ह्यारिस, क्याबीनेटका सदस्यहरु र संसदलाई धन्वयाद दिएका छन् । बाइडेनले हस्ताक्षर समारोहमा दिएको मन्तव्यको अधिकांश भागमा अमेरिकन जनतालाई सिधै सम्बोधन गरिएको थियो ।

उपराष्ट्रपति कमला ह्यारिसले आजको दिन ऐतिहासिक भएको बताएकी छिन् । गृहयुद्धकै बीचमा अब्राहम लिंकनले अन्तरमहाद्वीपीय रेलमार्ग बनाउन सुरुवात गरेको, भयानक डिप्रेशनकै बीचमा फ्र्यांकलिन रुजभेल्टले हुभर ड्यामको निर्माण सम्पन्न गरेको शीत युद्धकै बीचमा ह्वाइट आइसेनहोवरलेऐन राष्ट्रिय अन्तरराज्यीय र रक्षा राजमार्ग ऐनमा हस्ताक्षर गरेको र आज बाइडेनले पूर्वाधार ऐनमा हस्ताक्षर गरेको ह्यारिसले बताइन् ।

त्यस्तै सिनेटमा डेमोक्रेटिक नेता चक शुमर र प्रतिनिधिसभामा स्पीकर न्यान्सी पेलोसीले पूर्वाधार विधेयकको प्रशंसा गर्दै आजको दिन अमेरिकाका लागि महान दिन भएको बताएका छन् । हस्ताक्षर समारोह ह्वाइट हाउसमा आयोजना गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com