ट्रम्पका राजनीतिक सहयोगी ब्याननबाट एफबीआईसमक्ष आत्मसपर्मण, राखियो हिराशतमा


प्रकाशित मिति : कार्तिक २९, २०७८ सोमबार

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका राजनीतिक सहयोगी स्टिभ ब्याननले एफबीआई समक्ष आत्मसमर्पण गरेका छन् । जनवरी ६ मा क्यापिटल हिल आक्रमणको छानबिन गर्ने हाउस चयन समितिलाई सहयोग गर्न अस्वीकार गरेपछि उनीबिरुद्ध संसदको आपराधिक अवहेलनाको अभियोग लगाइएको थियो ।

आत्मसपर्मणपछि ब्याननलाई हिराशतमा लिइएको छ । विगतमा पनि संसदको अवहेलनाको आरोप डेमोक्रेटिक र रिपब्लिकन प्रशासनका अधिकारीहरूले सामना गरेका छन् तर अवहेलनाको लागि आपराधिक अभियोगहरू नै लगाइनु भने अत्यन्तै दुर्लभ हो ।

आक्रमणको बारेमा आफूलाई थाहा भएको विषयमा गवाही दिन असफल भएकोमा दुईवटा अवहेलनाको आरोप लगाइएको थियो। सोमबार एफबीआईको वासिंटन फिल्ड अफिसमा आत्मसमर्पणका लागि जाने क्रममा उनले आफ्नो एउटा रेडियो कार्यक्रमको क्लीप सामाजिक सञ्जालमा राख्दै समर्थकहरुलाई आँखा टिकाइराख्न सल्लाह दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूहरुले बाइडेन शासन हटाउन लागेको उनले बताएका छन् । तर उनले आफूमाथि लागेको संसदको अवहेलनाको अभियोगको बारेमा भने केही बताएका छैनन् । उनले आफ्ना समर्थकहरुलाई ध्यान केन्द्रीत गरिरहन आग्रह गरेका छन् । आत्मसमर्पणका लागि जाने क्रममा उनी आफ्ना वकिल डेभिड शोहेनसँग देखिएका थिए । उनलाई सोमबार लगत्तै संघीय अदालतमा अभियोग लगाउने तयारी गरिएको थियो ।

उनका वकिलले समितिलाई बारम्बार पठाएको पत्रमा ट्रम्पसँग ब्याननको सञ्चार विशेषाधिकार प्राप्त भएको दाबी गरेका छन्। डोनाल्ड ट्रम्प राष्ट्रपति भएको बखत ब्याननले उनका बरिष्ठ सल्लाहकार र ह्वाइटहाउसका मुख्य रणनीतिकारका रुपमा काम गरेका छन् ।

सन् २०२० मा ब्याननले अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ एन्थोनी फाउची र एफबीआईका निर्देशक क्रिस्टोफर वारेको टाउको काट्नुपर्ने भन्दै ट्वीट गरेका थिए । त्यसपछि ट्वीटरको उनको एकाउन्ट स्थायीरुपमा नै बन्द गरिदिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com