म्यान्मारमा ११ वर्षको जेल सजाय सुनाइएका अमेरिकी पत्रकार डेनी रिहा


प्रकाशित मिति : कार्तिक २९, २०७८ सोमबार

अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई म्यानमारको जेलबाट रिहा गरिएको छ । व्यक्तिगत मानवीय भ्रमणका क्रममा म्यानरमार गएका उनलाई जेलबाट रिहा गरेर देशनिकाला गरिएको शैन्य प्रवक्ता जाओ मिन तुनले बताएका छन् । रिहा भएका पत्रकार फेन्स्टर कतारहुँदै अमेरिका आउने भएका छन् ।

ती पत्रकारलाई शुक्रबारमात्र म्यानमारको जुन्टा अदालतले ११ वर्षको जेल सजाय सुनाएको थियो । गैरकानूनी संगत, सेनाविरुद्ध उक्साउने र भिसा नियम उल्लंघन गरेको लगायतका आरोपमा दोषी ठहर गर्दै ड्यानी फेन्स्टरलाई जेल सजायको फैसला सुनाइएको थियो । उनलाई किन रिहा गरियो भन्नेबारे थप विवरण शीघ्र सार्वजनिक गरिने जनाइएको छ ।

३७ बर्षका पत्रकार फेन्स्टर अमेरिकाको मिसिगन निवासी हुन् । उनलाई अमेरिका फर्कने क्रममा गत मे महिनामा याङ्गुनस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।ड्यानीले जुलाई २०२० मै म्यान्मार नाओबाट राजीनामा दिएका थिए र अर्को महिना फ्रन्टीअरसँग आबद्ध भएका थिए । मे २०२१ मा पक्राउ पर्दा उनी नौ महिनाभन्दा बढी समयदेखि फ्रन्टीअरमा काम गर्दै आएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेनाले गत फेब्रुअरीमा ‘कू’ गरी सत्ता लिएपछि प्रेसलाई पनि नियन्त्रणमा लिएको छ । सैैन्य कूविरुद्ध प्रर्दशन र आलोचना गर्ने दर्जनौं पत्रकारहरूलाई सैनिक सरकारले गिरफ्तार गरेको छ । स्थानीय अनुगमन समूहका अनुसार सैन्य कूका विरोधमा भएको प्रर्दशनको क्रममा १२ सय भन्दा बढी व्यक्तिहरू मारिएका थिए भने हजारौ पक्राउ परेका थिए ।

पत्रकार फेन्स्टरलाई याङ्गुनको इन्सेन जेलमा राखिएको थियो । उनलाई देशद्रोह र आतंकवादको आरोप पनि लगाइएको थियो ।

राष्ट्रसंघका अनुशार म्यानमारमा सेनाले सत्ता कब्जा गरेयता १२६ पत्रकारहरुलाई पक्राउ गरिएको छ जसमध्ये ४७ जना अझै हिराशतमा रहेका छन् । ७ जनालाई दोषी ठहर गरिएकोमा ६ जना म्यानमारका पत्रकार हुन् । ४ जनालाई गत अक्टोबरमा आममाफी दिइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com