अमेरिकामा महँगी बढ्दै गर्दा बाइडेनको लोकप्रियता अहिलेसम्मकै कम ४१ प्रतिशत


प्रकाशित मिति : कार्तिक २८, २०७८ आईतबार

अमेरिकामा महँगी बढिरहेको अवस्थामा गरिएको एक सर्वेक्षणमा राष्ट्रपति जो बाइडेनको लोकप्रियता अहिलेसम्मकै कम बिन्दुमा पुगेको छ । वासिंटन पोष्ट र एबीसीले गरेको सर्वेक्षणमा बाइडेनको स्वीकृति दर ४१ प्रतिशतमा झरेको छ ।

सर्वेक्षणको पूर्ण पाठ यहाँ पढ्नुहोला ।

वशन्तमा गरिएको सर्वेक्षणको तुलनामा बाइडेनको लोकप्रियतामा ११ प्वाइन्ट गिरावट आएको छ । जम्मा ३९ प्रतिशतले बाइडेनको अर्थतन्त्र परिचालनको तरिका स्वीकृत गरेका छन् । बाइडेनको लोकप्रियता आफ्नै पार्टीभित्र पनि घटेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

८० प्रतिशत डेमोक्र्याट्सहरु बाइडेनप्रति सकारात्मक रहेका छन् । यो दर जुन महिनामा ९४ प्रतिशत रहेको थियो । ५ महिनामा यो दरमा १४ प्वाइन्टले गिरावट आएको छ । आइतबार सार्वजनिक सर्वेक्षणमा १० जना डेमोक्र्याट्समध्ये मुस्किलले ४ जनाले बाइडेनलाई बलियो समर्थन गरेका छन् । जुनमा हरेक १० जनामा ७ जनाले यस्तो समर्थन गरेका थिए ।

अमेरिकामा मुद्रास्फीति दर ३० बर्षमा नै सबैभन्दा उच्च भएको अवस्थामा बाइडेनले अमेरिकाको अर्थतन्त्र परिचालनको तौरतरिकाबारे कडा आलोचना भइरहेको छ । सर्वेक्षणमा भाग लिएकाहरुमध्ये ७० प्रतिशतले अमेरिकाको अर्थतन्त्र गलत आकारमा गएको बताएका छन् । ३८ प्रतिशतले अमेरिकाको अर्थतन्त्र कमजोर भएको बताएका छन् ।

सर्वेक्षणमा भाग लिएकाहरुमध्ये आधाभन्दा धेरैले मुद्रास्फीति बढ्नुका पछाडि सिधै बाइडेनको दोष भएको बताएका छन् । सर्वेक्षण १ हजार १ जना अमेरिकनबीच गरिएको थियो । जसमा ८८२ जना रजिस्टर्ड मतदाता रहेका थिए । नोभेम्बर ७ देखि १० को बीचमा ल्याण्डलाइन र मोबाइल फोनमार्फत सर्वेक्षण गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com