इक्वेडरको जेलभित्र झडप : ६८ जनाको मृत्यु ,स्थिति नियन्त्रणमा लिन सेना परिचालन


प्रकाशित मिति : कार्तिक २७, २०७८ शनिबार

इक्वेडरको एक जेलभित्र कैदीहरुबीच भएको झडपमा  कम्तीमा ६८ जना बन्दीको मृत्यु भएको छ । त्यस्तै, २५ जना घाइते छन् । झडपपछि स्थितिलाई नियन्त्रणमा लिन सयौंको संख्यामा सेना परिचालन गरिएको छ ।

यसअघि यही जेलमा गत सेप्टेम्बरमा दुई प्रतिस्पर्धी ग्याङका सदस्यहरूबीच हानाहान हुँदा एक सयभन्दा धेरै बन्दी मारिएका थिए ।

गुआयाक्विल शहरस्थित लिटोरल पेनिटेन्टियरी जेलमा भिडन्त शुक्रबार बिहान भिडन्त सुरु भएको थियो । प्रहरीले जेलभित्र बन्दुक र विस्फोटक पदार्थहरू भेटिएको जनाएको छ ।

इक्वेडरमा यस वर्ष धेरै जेलहरुमा भिडन्त भइसकेको छ । त्यसक्रममा झन्डै ३ सय बन्दीहरू मारिएका छन् । गत सेप्टम्बरमा भएको हमला अहिलेसम्मकै सबैभन्दा खराब थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यतिबेला एक ग्याङका सदस्यले अर्को ग्याङका सदस्यमाथि हमला सुरु भएपछि अवस्था नियन्त्रणमा लिनका लागि जेलभित्र सयौँ प्रहरी अधिकारीहरू खटाउनुपरेको थियो ।

जेलको एउटा ब्लकमा बस्दै आएका कैदीहरु घिस्रेर अर्को ब्लकमा छिरेर विरोधी समूहका कैदीमाथि आक्रमण गरेको प्रारम्भिक छानविनबाट पत्ता लागेको छ ।

कतिपय कैदीहरु टाउको छिनालिएको अवस्थामा फेला परेको सुरक्षाकर्मीहरुले बताएका छन् ।मेक्सिकोका माफिया समूह र तस्करहरुको प्रभाव जेलमा बढेकाले बारम्बार झडप भईरहेको इक्वेडरका अधिकारीहरुको भनाइ छ ।

तर, माफिया समूहले इक्वेडरका जेलमा मात्रै नभई ठूलो क्षेत्रमा समेत कब्जा जमाईसकेको बीबीसीले जनाएको छ । इक्वेडरमा बढेको माफिया समूहको प्रभाव घटाउन दशक भन्दा बढी लाग्ने र छिमेकी कोलम्विया, अमेरिका र युरोपेली युनियनले सहयोग गर्नुपर्ने अवस्था रहेको छ । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com