भारतको दिल्लीमा लकडाउन गर्न सर्वोच्च अदालतको सुझाव


प्रकाशित मिति : कार्तिक २७, २०७८ शनिबार

भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ ।केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदुषणको मात्रा न्युनिकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो ।

भारतका प्रधानन्यायधिश एन भी रमण, न्यायाधिशहरु डि वाई चन्द्रचुडा र सुर्यकान्तको इजलाशले दिएको सुझावको अहिले निकै चर्चा भएको छ । “हावाको गुणस्तर मापक सूचकांकलाई ५०० बाट कम्तीमा २०० मा झार्नु पर्नेछ, त्यसको लागि एउटा राम्रो उपाय दुई दिने लकडाउन हुनसक्छ,” सुझावमा उल्लेख गरिएको छ ।

मानिसको स्वास्थ्यका लागि लकडाउन आवश्यक भएकाले त्यसतर्फ सोच्न सकिन्छ भन्ने प्रश्न पनि न्यायाधिशहरुले गर्नु भएको छ ।लकडाउनलाई अदालतले तात्कालिन उपायको रुपमा मात्रै लिन आग्रह गर्दै दिर्घकालिन रुपमा समस्याको समाधान गर्ने उपाय भने अरु नै अपनाउनु पर्ने उल्लेख गरेको छ ।

अदालतले अति प्रदुषण भएकाले अहिले बालबालिकाहरुलाई घरबाहिर निस्कन दिनु वा विद्यालय आवत जावत गराउन पनि पुनर्विचार गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराएको छ । चिकित्सकहरुले वायु प्रदुषणले बालबालिकाको स्वास्थ्यमा गम्भीर र दिर्घकालिन असर पर्ने भएकाले त्यस तर्फ विषेश ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विज्ञ तथा सरोकारवालाहरुले प्रदुषणबाट बालबालिकाहरुलाई दिर्घकालिन असर पर्ने भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।वायु प्रदुषणको असर बालबालिकाहरुमा अहिले भन्दा पछि बढी देखिने सर गंगाराम अस्पतालका डा। धिरेन गुप्ताको भनाई छ ।

“बालबालिकामा प्रदुषणको असर अहिले के देखिएको छ र रु त्योभन्दा बढी असर त पछि देखिन्छ, त्यसैले यो धेरै गम्भीर र दुरगामी समस्या हो,” उहाँले भन्नुभयो । बालबालिकामा यसले पार्ने असरका बारेमा चिन्ता, चासो र गाम्भीर्यता अधिकांशमा नदेखिनु अर्को चिन्ताको विषय भएको उहाँको टिप्पणी छ ।

विशेष गरेर बालबालिकामा स्वास प्रस्वाससँगै मानसिक समस्या पनि देखिन सक्ने उहाँले बताउनुभयो । साथै आँखा पिरो हुने र घाँटी चिलाउने असर तत्काल नै देखिएको र त्यस्ता विरामीहरुको सङ्ख्या अत्यधिक धेरै रहेको उहाँले जानकारी दिनुभयो ।

नयाँ दिल्लीमा दीपावलीका पटाकाहरूका कारण अघिल्लो शुक्रवारदेखि वायु प्रदूषण फेरि खतरनाकपूर्ण अवस्थामा पुगेको छ ।पटकको प्रयोगमा प्रतिबन्ध लगाइए पनि सहरभरि मानिसहरूले तिहारका बेलामा राती अबेरसम्म पटाकाहरू पट्काएका कारण आकाश नै धुम्म परेको अधिकारीहरुको भनाई छ ।

सवारीसाधन, औद्योगिक उत्सर्जन, धुलो र मौसमका कारण पछिल्ला केही बर्षदेखि भारतको नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानीको रूपमा चिनिदै आएको छ । हिउँदमा छिमेकी राज्यहरूमा जलाइएका परालहरूका धुवाँका कारण पनि दिल्लीको वायु विषाक्त बन्ने गरेको छ ।

सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँको प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन । दिल्ली मात्रै नभइ भारतका अरु पनि धेरै सहरहरु अति प्रदुषित सहरमा पर्दछन । संसारका सबैभन्दा धेरै प्रदूषित ३० सहरमध्ये २२ वटा सहर भारतमै रहेका छन ।भारतका प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने विभिन्न तथ्याङ्कहरुले देखाएका छन् ।एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com