आष्ट्राजेनेकाबाट कोरोनाबिरुद्धको भ्याक्सिनबाट नाफा कमाउन सुरु, विकाशोन्मुख देशलाई विना नाफा


प्रकाशित मिति : कार्तिक २६, २०७८ शुक्रबार

आष्ट्राजेनेकाले कोरोनाबिरुद्धको भ्याक्सिन बेचेर नाफा कमाउन सुरु गरेको छ । बर्षको सुरुको ९ महिनामा आष्ट्राजेनेकाले २ दशमलव २ बिलियन डलरको भ्याक्सिन बेचेको आष्ट्राजेनेकाले यो बर्षको अन्तिम तीनमहिनामा ठीक्क नाफा कमाउन सुरु गर्ने अपेक्षा गरेको छ । यस अगाडि अधिकांश आपूर्ति नाफा नलिइकनै गरिएको थियो ।

अक्टोबरदेखि डिसेम्बरसम्मको बिक्री पहिलेकै आपूर्ति सहमति अनुशार हुने जनाइएको छ । यो अवधिमा थप नयाँ अर्डर पनि आउने कम्पनीको अपेक्षा रहेको छ । विकाशोन्मुख देशहरुका पहिलेका अर्डरहरुमा भने नाफा नलिइकनै आपूर्ति गर्ने कम्पनीका प्रवक्ताले जनाएका छन् ।

अक्सफोर्ड युनिभर्सिटीसँगका भ्याक्सिन आपूर्ति सम्झौतालाई आफूहरुले आगामी दिनमा पनि पालना गर्ने र सस्तो मूल्यमा भ्याक्सिन आपूर्ति गर्ने कम्पनीको भनाई छ । कम्पनी र यसका लाइसेन्स पार्टनरहरुले सेप्टेम्बर ३० सम्म १ दशमलव ५ बिलियन भ्याक्सिनका डोजहरु १७० भन्दा धेरै देशमा आपूर्ति गरिसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०२० को तुलनामा सन् २०२१ को अहिलेसम्ममा कम्पनीको नाफामा ६३ प्रतिशत गिरावट आएको छ । सन् २०२० मा २ दशमलव ७५ बिलियन डलर नाफा गरेको कम्पनीले सन् २०२१ को अहिलेसम्म जम्मा ३७१ मिलियन नाफा गरेको छ । नाफा नलिइकनै भ्याक्सिन उपलब्ध गराइएकाले कम्पनीको कुल नाफामा नै गिरावट आएको कम्पनीले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com