अमेरिकामा अचानक ग्रोसरीको मूल्यबृद्धि, आगामी दिनमा अझ बढ्ने, यस्तो छ कारण !


प्रकाशित मिति : कार्तिक २५, २०७८ बिहीबार

अमेरिकामा हुनुहुन्छ भने सम्भवत तपाईले खाद्यान्न लगायत घरका लागि आवश्यक सामाग्रीको मूल्य बढेको अनुभव गर्नुभएको होला । तपाईले सन् २०२२ मा पनि ग्रोसरीका लागि धेरै मूल्य तिर्नुपर्ने अवस्था आउने सम्भावना रहेको छ ।

सेप्टेम्बरदेखि अक्टोबरसम्म किराना सामानको भुक्तानी मुल्य १ प्रतिशतले बृद्धि भएको छ । यो गत बर्षको यही समयको तुलनामा ५ दशमलव ४ प्रतिशतले बढी रहेको ब्यूरो अफ लेबरले सार्वजनिक गरेको तथ्यांकमा जनाइएको छ ।

विगत १२ महिनामा भाडा, कार, उर्जा लगायतको मूल्यमा ६ दशमलव २ प्रतिशत बृद्धि भएको छ । जुन सन् १९९० यताकै सबैभन्दा ठूलो बृद्धि हो । ग्रोसरीमा पनि गाईको राम्रो मासुमा उच्च मूल्यबृद्धि भएको छ । गतबर्षको अक्टोबरको तुलनामा गाईको मासुमा २४ दशमलव ९ प्रतिशत मूल्यबृद्धि भएको छ ।

गतबर्षको तुलनामा अण्डाको मूल्य अक्टोबरमा ११ दशमलव ६ प्रतिशत बृद्धि भएको थियो । कुखुराको मासुमा ८ दशमलव ८ प्रतिशत र सिरियलमा ५ प्रतिशत मूल्यबृद्धि भएको थियो । बच्चाको खानामा पनि गतबर्षको तुलनामा ७ दशमलव ९ प्रतिशतले मूल्यबृद्धि भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा ग्रोसरीको मूल्य सन् २०१५ देखि सन् २०१९ सम्म स्थीर रहेको थियो । तर महामारीको बेलामा सन् २०२० मा भने बढेको थियो । सन् २०१९ को तुलनामा सन् २०२० मा ग्रोसरीको मूल्य ३ दशमलव ७ प्रतिशत बढेको थियो ।

खाद्य तथा ग्रोसरी उत्पादकहरुको महामारीको बेलामा बस्तु, श्रम, यातायात तथा अन्य खर्चमा बृद्धि भएको थियो । पछिल्ला महिनाहरुमा यो खर्च अझ बृद्धि भएको थियो । जसका कारण उत्पादकहरुले खुद्रा बिक्रेताहरुका लागि ग्रोसरीको मूल्य बढाएका थिए । जसका कारण ग्राहकहरुले त्यसको भार खेप्ने अवस्था आएको छ ।

मूल्य निर्धारकहरुले आफ्ना सेवा र बस्तुका लागि प्राप्त गर्ने मूल्य मापन गर्ने उत्पादक मूल्य सुचकांक सेप्टेम्बरको तुलनामा अक्टोबरमा शुन्य दशमलव ६ प्रतिशत बृद्धि भएको थियो भने गतबर्षको तुलनामा ८ दशमलव ६ प्रतिशत बढेको थियो । बढ्दो लागत खर्चका कारण ठूला ठूला उत्पादकहरुले मासु, स्न्याक लगायतका ग्रोसरीमा सन् २०२२ को सुरुतिर मूल्य बढाउने योजना बनाएको बताएका छन् ।

कतिपय कम्पनीहरुले स्टोरमा राखिएका कैयन सामानको डिस्काउन्ट अफर समेत हटाइरहेका छन् । माग बढेका कारण सामान डिस्काउन्टमा उपलब्ध गराउँदा सामानको अभाव हुनसक्ने भन्दै डिस्काउन्ट अफरहरु समेत धमाधम हटाइदैछ । आगामी जनवरीमा अमेरिकी उत्पादनमा ७ प्रतिशतसम्म मूल्यबृद्धि हुने अनुमान गरिएको छ ।

सामानको मूल्यबृद्धि भएका कारण कम आम्दानी हुने ग्राहकहरु मारमा परेका छन् । कम आम्दानी हुने परिवारले बर्षमा खानाका लागि औषतमा ४ हजार ४ सय डलर र बढी आम्दानी हुने परिवारले झण्डै १४ हजार डलर खर्च गर्ने सन् २०१९ को तथ्यांक रहेको छ । कम आम्दानी हुनेहरुले आम्दानीको ३६ प्रतिशत र बढी आम्दानी हुनेहरुले आम्दानीको ८ प्रतिशत खानामा खर्च गर्छन् ।

सामानको मूल्य बृद्धि भएपनि फुड स्ट्याम्प, चाइल्ड ट्याक्स क्रेडिट लगायतका सुविधामा भएको बृद्धिका कारण कम आम्दानी हुनेहरुलाई व्यवस्थापन गर्न केही सहज हुने अपेक्षा गरिएको छ । गत जुलाईमा पुरक खाद्य कार्यक्रम अन्तरगत ४१ मिलियन व्यक्ति सुविधाका लागि सहभागी थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com