न्युयोर्कको पार्कमा दिउसो साढे २ बजे १३ बर्षकी बालिका बलात्कृत


प्रकाशित मिति : कार्तिक २५, २०७८ बिहीबार

न्युयोर्कको ब्रोंक्स पार्कमा दिउसो साढे २ बजे १३ बर्षकी बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । बुधबार दिउसो विद्यालयबाट फर्कदै गरेकी बालिका बलात्कृत भएको प्रहरीले जनाएको हो । घटना क्रोटोना पार्क भित्र भएको हो ।

अपराधीले बालिकालाई भूईमा लडाएर उनको कपडा च्यातेको प्रहरीको भनाई छ । बलात्कारपछि उक्त व्यक्तिले बालिकाको मोबाइल फोन लिएर भागेको थियो । पीडित बालिकालाई घटनास्थल पुगेको मेडिक्स टिमले अस्पताल लगेको थियो ।

प्रहरीले घटनामा संलग्न भएको अभियोगका एकजना व्यक्तिको तस्वीर र भिडियो सार्वजनिक गरेको छ । घटनामा संलग्न व्यक्ति अहिलेसम्म पनि फरार रहेको भन्दै प्रहरीले उक्त व्यक्तिबारे जानकारी पाएमा खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com