अमेरिकी सेना फिर्ता भएपछि अफगानिस्तानलाई सुरक्षा सहयोग गर्ने इरानको प्रस्ताव


प्रकाशित मिति : कार्तिक २४, २०७८ बुधबार

इरानले अफगानिस्तानको सुरक्षामा सहयोग गर्ने प्रस्ताव गरेको छ । इरानका एकजना सुरक्षा अधिकारीले सो प्रस्ताव गरेका हुन् । उनले अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिक फिर्ता भएपछि त्यहाँको सुरक्षा व्यवस्था कमजोर भएको हुनसक्ने भन्दै यस्तो अवस्थामा इरानले सहयोग गर्न सक्ने बताएका हुन् ।

उनले खासमा पछिल्लो समयको अफगानिस्तानको सुरक्षा अवस्थाको बारेमा मध्यनजर गर्दै इरान र अफगानिस्तानले संयुक्त रुपमा सुरक्षा अपनाउन सकिने प्रस्ताव गरेका समाचारमा जनाइएको छ ।

इरानको राष्ट्रिय सुरक्षा परिषदका सचिव अलि सामखानीले सो प्रस्ताव गरेका हुन् । उनले भनेका छन् हालको अफगानिस्तानको सुरक्षा अवस्था नाजुक छ त्यसैले यस्तो अवस्थामा इरान र अफगानिस्तान मिलेर संयुक्त रुपमा सुरक्षा व्यवस्था मिलाउनुपर्छ ।

उहाँ भारतमा बुधबारदेखि सुरु हुने अफगानिस्तानसमेतको क्षेत्रीय सुरक्षा सम्बन्धी बैठकमा सहभागी हुन भारत जानुभएको छ । त्यसअघि उहाँले सो कुरा बताउनुभएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले भारतमा हुन लागेको सो सुरक्षा बैठकमा सहभागिताका लागि पनि अफगानिस्तानलाई आग्रह गर्नुभएको छ । उहाँले सो बैठकमा सहभागी भएर अफगानिस्तानको अहिलेको अवस्था र यहाँका चुनौतीका बारेमा आफ्ना कुरा राख्न आग्रह पनि गर्नुभएको छ ।

हाल अफगानिस्तानमा तालिबानहरुको अन्तरिम सरकार रहेको छ । अमेरिकी सेनाको नेतृत्वको सरकारलाई अपदस्थ गरेर यहाँका तालिबानहरुले केही समय अघि सत्ता कब्जा गरेका हुन् । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com